default_image

4 years ago

July 20, 2021

दीपकको उत्कृष्ट ब्याटिङमा भारतको रोमान्चक जित

145 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर दीपक चाहरले उत्कृष्ट ब्याटिङ गरेपछि भारतले दोस्रो ओडिआई खेलमा श्रीलंकामाथि ३ विकेटको रोमान्चक जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज भारतले एक खेल अगावै जितेको छ ।

जितको लागि २ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको भारत ४९.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । एक समय हार नजिक पुगेको भारतलाई दीपक चाहरले तल्लोक्रममा ८२ बलमा ७ चौका र १ छक्का सहित सर्वाधिक ६९ रनमा अविजित रहँदै जित पक्का गराए । भुवनेश्वर कुमार २८ बलमा २ चौका सहित १९ रनमा अविजित रहे ।

आठौं विकेटका लागि दीपक र भुवनेश्वर कुमारले ८४ रनको उत्कृष्ट साझेदारी गरेपछि भारतले रोमान्चक जित हात पारेको हो । अन्तिम १२ बलमा भारतलाई १५ रन चाहिँएको थियो । ४९ औं ओभरमा दुश्मन्था चामिराले दुई चौका सहित १२ रन खर्चेपछि श्रीलंका जितको सम्भावना सकिएको थियो । अन्तिम ओभरमा तीन रन चाहिँएको अवस्थामा दीपकले पहिलो बलमा चौका प्रहार गर्दै जित पक्का गराए ।

सूर्यकुमार यादवले ४४ बलमा ६ चौका सहित ५३ रनको योगदान दिए । ओपनर पृथ्वी शालाई तेस्रो ओभरको अन्तिम बलमा स्पिनर वानिन्दु हसरंगाले १३ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएका थिए । आक्रामक ब्याटिङका साथ दबाबमा राख्ने प्रयास गरेका शा दोस्रो खेलमा भने असफल हुन पुगे । उनले ११ बलमा ३ चौका प्रहार गरे । तीव्र गतिका बलर कसुन रजिथले पाँचौं ओभरको अन्तिम बलमा ईशान किशनलाई एक रनमा बोल्ड आउट गर्दै घरेलु टोली श्रीलंकालाई सानदार सुरुवात दिलाएका थिए ।

१२ औं ओभरको अन्तिम बलमा कप्तान शिखर धवनलाई वानिन्दुले २९ रनमा एलबिडब्लू आउट गर्दै श्रीलंकालाई महत्वपूर्ण सफलता दिलाए । शिखरले ३८ बलमा ६ चौका प्रहार गरे । मनिष पाण्डे ३७ रनमा रन आउट हुँदा भारतलाई अर्को झट्का लागेको थियो । मनिषले ३१ बलमा ३ चौका प्रहार गरे । कप्तान दासुन शनाकाले हार्दिक पान्ड्यालाई धनन्जय डि सिल्भाबाट शून्यमा क्याच गराउँदै जितको सम्भावना देखाएका थिए । २७ औं ओभरको अन्तिम बलमा लक्शान सन्दाकानले सूर्यलाई एलबिडब्लू आउट भएपछि श्रीलंका जितको सम्भावना उच्च भएको थियो ।


तर तल्लोक्रममा क्रुनाल पान्ड्या क्रिजमा रहँदै भारतलाई जितको आशा दिलाई रहेका थिए । तर वानिन्दु हसरंगाले क्रुनाललाई ३५ रनमा बोल्ड गरे । क्रुनालले ५४ बलमा ३ चौका प्रहार गरे । क्रुनाल आउट भएपछि श्रीलंका एकसमय जिततर्फ अघि बढेको थियो । तर तीव्र गतिका बलर दीपक चाहरले उत्कृष्ट ब्याटिङका साथ आफ्नो ओडिआई करिअरको पहिलो अर्धशतक प्रहार गर्दै टोलीको जित पक्का गराए । दीपकले ६४ बलमा अर्धशतक प्रहार गरेका थिए ।


श्रीलंका वानिन्दु हसरंगाले १० ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । कसुन रजिथ, लक्शान सन्दाकान र दासुन शनाकाले एक एक विकेट लिए ।

त्यसअघि आर प्रेमाडासा स्टेडियम कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको घरेलु टोली श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ७५ रन बनाएको थियो । श्रीलंका ओपनर अविष्का फ्रेनान्डो र मध्यक्रमका चरिथ असालान्काले अर्धशतकयी इनिङ खेले । चरिथ असालान्काले ६८ बलमा ६ चौका सहित सर्वाधिक ६५ रनको योगदान दिए ।

असालान्काले आफ्नो ओडिआई करिअरको पहिलो अर्धशतक ५६ बलमा पूरा गरेका थिए । ओपनर अविष्का फ्रेनान्डोले ७१ बलमा ४ चौका र १ छक्का सहित ५० रनको योगदान दिए । अविष्का यो ओडिआई करिअरको चौथो अर्धशतक हो । तल्लोक्रमका ब्याट्सम्यान चामिका करुणारत्नेले ३३ बलमा ५ चौका सहित ४४ रनमा अविजित रहे । अन्य ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सकेनन् ।

श्रीलंकालाई ओपनर अविष्का फ्रेनान्डो र विकेटकिपर मिनोद भानुकाले १३.२ ओभरमा ७७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । १४ औं ओभरको दोस्रो बलमा स्पिनर युजभेन्द्र चहलले मिनोदलाई मिडविकेटमा मनिष पाण्डेबाट ३६ रनमा क्याच गराउँदै पहिलो विकेटको साझेदारी तोडेका थिए । मिनोदले ४२ बलमा ६ चौका प्रहार गरे ।

लगत्तै अर्को बलमा भानुका राजपक्षे विकेटकिपर ईशान किशनबाट शून्यमा क्याच आउट हुन पुगे । लगातार दुई विकेट गुमाएको श्रीलंकालाई तेस्रो विकेटका लागि फ्रेनान्डो र धनन्जय डि सिल्भाले ४७ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । राम्रो सुरुवात गरेपनि लगातार दुई विकेट गुमाउँदा श्रीलंका केहि दबाबमा परेको थियो ।

तीव्र गतिका बलर भुवनेश्वर कुमारको २५ औं ओभरको अन्तिम बलमा फ्रेनान्डो क्रुनाल पान्ड्याबाट क्याच आउट हुन पुगे । २८ औं ओभरको दोस्रो बलमा धनन्जयलाई चहलले ३२ रनमा बोल्ड आउट गरे । धनन्जयले ४५ बलमा १ चौका प्रहार गरे । दीपक चाहरले दासुन शनाकालाई ८ रनमा बोल्ड आउट गरेका थिए । दुश्मन्था चामिरा २ रनमा आउट भए ।

भारतका स्पिनर युजभेन्द्र चहलले १० ओभरमा १ मेडन सहित ५० रन खर्चेर ३ विकेट लिए । दीपक चाहरले ८ ओभरमा ५३ रन खर्चेर २ विकेट लिए । भुवनेश्वर कुमारले १० ओभरमा ५४ रन खर्चेर ३ विकेट लिए । पहिलो खेलमा भारत ७ विकेटले विजयी भएको थियो । तेस्रो खेल शुक्रबार हुने छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.