4 years ago
July 21, 2021
एजेन्सी – घरेलु टोली इंग्ल्यान्डले पाकिस्तानविरुद्ध तीन टि२० आई खेलको सिरिज २–१ ले जितेको छ । निर्णायक तेस्रो टि२० आई खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै सिरिज उपाधि जितेको हो ।

जितको लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १९.४ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो । इंग्ल्यान्डका ओपनर जेसन रोयले ३६ बलमा १२ चौका र १ छक्का सहित सर्वाधिक ६४ रनको योगदान दिए । जस बटलर २१, डेविड मलान ३१, जोनी बेयरस्टो ५, मोईन अली एक, कप्तान ओईन मोर्गन २१ रनमा आउट भए । लियाम लिभिङस्टोन ६ रनमा आउट भए ।
पाकिस्तानका स्पिनर मोहम्मद हफिजले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । ईमाद वासिम, हसन अली, उस्मान कादिर र शादब खानले एक एक विकेट लिए ।
त्यसअघि म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो । पाकिस्तानका ओपनर मोहम्मद रिजवानले ५७ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ७६ रनमा अविजित रहे । फखर जमान २४, बाबर आजम ११, शोहिब मकसुद १३ र हसन अलीले १५ रन बनाए । इंग्ल्यान्डका स्पिनर आदिल राशिदले ४ ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए । राशिदको यो टि२० आई करिअरको उत्कृष्ट प्रदर्शन हो । मोईन अलीले एक विकेट लिए ।

पहिलो खेलमा सानदार शतक प्रहार गरेका इंग्ल्यन्डका लियाम लिभिङस्टोन प्लेयर अफ द सिरिज चुनिए । जेसन रोय प्लेयर अफ द म्याच चुनिए । पाकिस्तान पहिलो टि२० खेलमा ३१ रनले विजयी हुँदा दोस्रो खेलमा ४५ रनले पराजित भएको थियो । इंग्ल्यान्डसँगको तीन ओडिआई सिरिजमा पाकिस्तानले क्लिनस्विप को हार बेहोरेको थियो ।
अव पाकिस्तानले वेस्टइन्डिजसँग पाँच टि२० आई सिरिज खेल्ने छ । पहिलो टि२० आगमी मंगलबार हुने छ । इंग्ल्यान्डले भारतसँग पाँच टेस्टको सिरिज खेल्ने छ । पहिलो टेस्ट अगष्ट चारमा सुरु हुने छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]