default_image

3 years ago

July 21, 2021

स्टार्क र हेजलवुडको घातक बलिङमा अष्ट्रेलिया सानदार जित

एजेन्सी – तीव्र गतिका बलर मिचेल स्टार्क र जोश हेजलवुडको घातक बलिङको सहयोगमा अष्ट्रेलियाले पहिलो ओडिआई खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई डकवर्थ लेविस पद्धतिको आधारमा १ सय ३३ रनको फराकिलो अन्तरले पराजित गरेको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ । जितका लागि २ सय ५७ रनको विजयी लक्ष्य […]

64 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर मिचेल स्टार्क र जोश हेजलवुडको घातक बलिङको सहयोगमा अष्ट्रेलियाले पहिलो ओडिआई खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई डकवर्थ लेविस पद्धतिको आधारमा १ सय ३३ रनको फराकिलो अन्तरले पराजित गरेको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ ।

जितका लागि २ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली वेस्ट इन्डिज २६.२ ओभरमा १ सय २३ रनमा अल आउट भयो । वेस्ट इन्डिजका कप्तान काइरन पोलार्डले ५७ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ५६ रनको योगदान दिए । अल्जारी जोशेफले ३३ बलमा १ चौका र १ छक्का सहित १७ रन बनाए । शिम्रन हेटमायर ११ र हेडन वाल्श जुनियरले २० रन बनाए । घरेलु टोली वेस्ट इन्डिजका ७ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । चार खेलाडी खाता नखोलि पेभिलिएन फर्केका थिए ।

ओपनर ईभिन लुइसलाई पहिलो बलमै स्टार्कले कट एण्ड बोल्ड आउट गरेका थिए । तेस्रो ओभरको पहिलो बलमा स्टार्कले जेसन मोहम्मदलाई एक रनमा बोल्ड आउट गरे । अर्का तीव्र गतिका बलर जोश हेजलवुडले हेटमायरलाई चौथो ओभरको पाँचौं बलमा कट एण्ड बोल्ड आउट गरेपछि वेस्ट इन्डिजले खराब सुरुवात गरेको थियो ।

पाँचौं ओभरको चोथो बलमा स्टार्कले विकेटकिपर निकोलस पुरनलाई शून्यमा एलबिडब्लू आउट गरे । अर्को ओभरको अन्तिम बलमा हेजलवुडले ड्यारेन ब्राभोलाई मिचेल मार्शबाट २ रनमा क्याच आउट गराउँदा वेस्ट इन्डिज २३–५ को दयनिय अवस्थामा पुगेको थियो । हेजलवुडले जेसन होल्डरलाई शून्यमा क्याच गराउँदा वेस्ट इन्डिज ७.४ ओभरमा २७–६ को संकट अवस्थामा पुगेको थियो ।


सातौं विकेटको लागि पोलार्ड र जोशेफले ६८ रनको साझेदारी गर्दै इनिङ केहि उकास्दै लज्जास्पद योगफलमा अल आउट हुनबाट बचाएका थिए । जोशेफलाई मिचेल मार्शले बोल्ड गर्दै साझेदारी तोडेका थिए । स्टार्कले पोलार्ड र अकिल हुसैनलाई आउट गर्दै फराकिलो जित नजिक पुर्याए । अन्तिम विकेटको रुपमा आउट हुनुअघि जुनियरले २६ बलमा ४ चौका सहित २० रन बनाए ।

अष्ट्रेलिया मिचेल स्टार्क ८ ओभरमा १ मेडन सहित ४८ रन खर्चेर ५ विकेट लिए । जोश हेजलवुडले ६ ओभरमा १ मेडन सहित मात्र ११ रन खर्चेर ३ विकेट लिए । मिचेल मार्श र एडम जाम्पाको नाममा एक एक विकेट रह्यो ।

त्यसअघि बार्बाडोसमा टस जितेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ४९ ओभरमा ९ विकेट गुमाउँदै २ सय ५२ रन बनाएको थियो । डकवर्थ लेविस पद्धतिको आधारमा वेस्ट इन्डिजले २ सय ५७ रनको लक्ष्य पाएको थियो । डेब्यू कप्तानी गरेका विकेटकिपर एलेक्स केरीले ८७ बलमा ५ चौका र २ छक्का सहित ६७ रनको इनिङ खेलेका थिए । एश्टन टर्नरले ४५ बलमा २ चौका र २ छक्का सहित ४९ रन बनाए ।

डेब्युद्धय ओपनर जोश फिलिपे र बेन म्याकडेरमोटले पहिलो विकेटका लागि ११ ओभरमा ५१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । फिलिपे ४२ बलमा ४ चौका र २ छक्का सहित ३९ रनमा बोल्ड आउट भए । बेन म्याकडेरमोट ४८ बलमा २ चौका जोड्दै २८ रनमा क्याच आउट भए । मिचेल मार्श २०, मोइजेस हेनरिक्स ७, म्याथ्यु वेड ३, मिचेल स्टार्क ८ र एडम जाम्पा १२ रन बनाए ।

वेस्ट इन्डिजका स्पिनर हेडन वाल्श जुनियरले १० ओभरमा ३९ रन खर्चेर ५ विकेट लिएपनि ब्याटिङ नचल्दा पराजित हुनु पर्यो । तीव्र गतिका बलर अल्जारी जोशेफ र स्पिनर अकिल हुसेनले २–२ विकेट लिए । दोस्रो खेल शुक्रबार राती हुने छ ।

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा बेयरस्टोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

Success

Thank you for your time.