default_image

4 years ago

July 21, 2021

भारतविरुद्ध खेल्ने इंग्ल्यान्डको बलियो टोली घोषणा

164 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डले घरेलु मैदानमा भारतसँग हुने पाँच टेस्ट सिरिज अन्तर्गत सुरुवाती दुई टेस्टको लागि १७ सदस्य बलियो टोली घोषणा गरेको छ ।

स्टार अलराउन्डर बेन स्टोक्स, साम करन, तीव्र गतिका बलर ओली रोबिन्सन, जस बटलर र जोनी बेयरस्टाले टेस्ट टोलीमा पूनरागमन गरेका छन् । स्टोक्स औंलामा चोटका कारण गत जुनमा न्युजिल्यान्डविरुद्ध दुई टेस्ट सिरिज गुमाएका थिए । स्टोक्सको कप्तानीमा इंग्ल्यान्डले अघिल्लो हप्ता पाकिस्तानविरुद्ध तीन ओडिआई सिरिज क्लिनस्विप गरेको थियो । तीव्र गतिका बलर जोफ्रा आर्चर र क्रिस वोक्स चोटका कारण टोलीमा छैनन् ।

ओली रोबिन्सन गत जुनमा न्युजिल्यान्डविरुद्ध डेब्यू गर्दै सानदार प्रदर्शन गरेका थिए । तर पुरानो ट्वीटको कारण उनले न्युजिल्यान्डविरुद्ध दोस्रो टेस्ट खेल गुमाएका थिए । साम करन, बटलर, बेयरस्टोलाई न्युजिल्यान्डविरुद्ध खेलमा विश्राम दिइएको थियो । पहिलो टेस्ट अगष्ट चार र दोस्रो अगष्ट १२ देखि सुरु हुने छ ।

इंग्ल्यान्डको टोली : जो रुट (कप्तान), जेम्स एन्डरसन, जोनी बेयरस्टो, डोम बेस, स्टुअर्ट ब्रोड, रोरी बन्र्स, जस बटलर, ज्याक क्रली, साम करन, हसिब अहमद, ड्यान लरेन्स, ज्याक लेच, ओली पोप, ओली रोबिन्सन, डोम सिब्ले, बेन स्टोक्स र मार्क वुड ।

भारतको टोली : रोहित शर्मा, सुभमन गिल, मयंक अग्रवाल, चेतेश्वर पुजारा, विराट कोहली (कप्तान), अजिक्या रहाने (उपकप्तान), हनुमा विहारी, ऋषभ पन्त (विकेटकिपर), रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, वासिन्टन सुन्दर, जस्प्रित बुमराह, ईशान्त शर्मा, मोहम्मद शिराज, मोहम्मद शामी, शार्दूल ठाकुर, उमेश यादव, लोकेश राहुल ऋद्धिमान शाह

इंग्ल्यान्ड र भारतबीचको पाँच टेस्ट सिरिज


पहिलो टेस्ट : ४ देखि ८ अगष्ट, नोटिंघम


दोस्रो टेस्ट : १२ देखि १६ अगष्ट, लर्ड्स


तेस्रो टेस्ट
 : २५ देखि २९ अगष्ट, लिड्स


चौथो टेस्ट : २ देखि ६ सेप्टेम्बर, लन्ड्न


पाँचौ टेस्ट : १० देखि १४ सेप्टेम्बर, म्यानचेष्टर

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.