default_image

4 years ago

July 22, 2021

नेपाल आइपुगे सन्दीप

127 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले बिहिबार नेपाल आइपुगेका छन् । इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डको आयोजनामा हुने द हन्ड्रेड (एक सय बलको) प्रतियोगिता भिसाको कारण गुमाउने भएपछि सन्दीप आज दिउँसो १२ बजे नेपाल आइपुगेका हुन् ।

सन्दीपको म्यानेजर रमन शिवाकोटीले त्रिभुवन विमान स्थल दिउँसो १२ बजे आइपुगेको जानकारी दिएका छन् । सन्दीप युके पुगेको टिएर ५ भिसामा द हन्ड्रेड खेल्न नपाउने भएपछि सन्दीप स्वदेश फर्किका हुन् । बिहिबारदेखि सुरु हुने प्रतियोगितामा सन्दीप ओभल इन्भिन्सिबल्समा अनुबन्ध भएका थिए । सन्दीप द हन्ड्रेडमा ६० हजार पाउण्ड (झन्डै १ करोड नेपाली रुपैयाँ) बराबरमा अनुबन्ध भएका थिए । सन्दीप भिसाकै कारण अघिल्लो महिना टि२० ब्लास्ट गुमाएका थिए ।

सन्दीप गत असार २४ मा इंग्ल्यान्ड गएका थिए । सोमबार उनले बेलायत सरकारबाट मान्यता प्राप्त होटेलमा १० दिनको क्वारेनटाइन समय गरेका थिए । सन्दीपको टोलीले उद्धघाटन खेलमा म्यानचेस्टर ओरिजिनल्ससँग खेल्ने कार्यक्रम थियो । सन्दीप प्रतियोगिता पूर्ण रुपमा प्रतियोगिताबाट बाहिर हुने भएपछि उनको स्थानमा दक्षिण अफ्रिका स्पिनर तबरेज शाम्सी खेल्ने छन् । शाम्सी टि२० वरियता नम्बर वान बलर हुन् ।

सिंगल राउन्ड रोबिनको आधारमा हुने यस प्रतियोगितामा बर्मीङ्घम फिनिक्स, लन्डन स्प्रिरिट, नर्थर्न सुपरचार्जर्स, ओभल ईन्भिन्सिबल्स, म्यानचेस्टर ओरिजिनल्स, साउर्थन ब्रेभ, ट्रेन्ट रकेट्स र वेल्श फायर छन् । फाइनल २१ अगष्टमा हुने छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.