default_image

4 years ago

July 22, 2021

जिम्बावेमाथि बंगलादेशको सहज जित

133 views

0 Bookmark

एजेन्सी – बंगलादेशले पहिलो टि२० खेलमा घरेलु टोली जिम्बावेमाथि ८ विकेटको सहज जित निकालेको छ । बिहिबार साँझ सम्पन्न खेलमा सहज जितका साथ भ्रमण टोली बंगलादेशले तीन टि२० आई सिरिजमा १–० को अग्रता लिएको छ ।

जितको लागि १ सय ५३ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले १८.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । बंगलादेशका ओपनर मोहम्मद नईम ५१ बलमा ६ चौका सहित ६३ रनमा अविजित रहे । सौम्य सरकार ४५ बलमा ४ चौका र २ छक्का सहित ५० रनमा रन आउट भए ।

पहिलो विकेटका नईम र सरकारले १३.१ ओभरमा १ सय २ रनको शतकीय साझेदारी गर्दै जित सहज बनाएका थिए । कप्तान महमुदूल्लाह रियाद १५ रनमा रन आउट हुँदा नुरुल हसन ८ बलमा १ चौका र १ छक्का सहित १६ रनमा अविजित रहे । जिम्बावेका कुनै पनि बलरले विकेट लिन सकेनन् । बंगलादेशका दुबै ब्याट्सम्यान रन आउट भएका थिए ।

त्यसअघि हरारे स्पोर्ट्स क्लबमा जिम्बावेले टस जितेर पहिला ब्याटिङ गर्दै १९ ओभरमा १ सय ५२ रनमा अल आउट भएको थियो । एक समय राम्रो अवस्थामा रहेपनि जिम्बावेले अन्तिम १२ बलमा १६ रन जोड्न ४ विकेट गुमाएपछि मध्यम योगफलमै समेटिएको थियो । जिम्बावेका विकेटकिपर रेजिस चकब्भा २२ बलमा ५ चौका र २ छक्का सहित सर्वाधिक ४३ रनको योगदान दिए ।

डियोन मायर्सले २२ बलमा २ चौका सहित ३५ रनको योगदान दिए । वेस्ले मेधभरेले २३, कप्तान सिकन्दर राजा शून्य ल्यूक जोंग १८ रनको योगदान दिए । बंगलादेशका तीव्र गतिका बलर मुस्ताफिजुर रहमानले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । मोहम्मद सैफुद्दिन र शोरिफुल ईस्लामले २–२ विकेट लिए । सकिब अल हसन र सौम्य सरकारले एक एक विकेट लिए । दोस्रो खेल शुक्रबार हुने छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.