default_image

4 years ago

July 22, 2021

आयरल्यान्डविरुद्ध मिलरको उत्कृष्ट ब्याटिङ

163 views

0 Bookmark

एजेन्सी – आक्रामक ब्याट्सम्यान डेविड मिलरको उत्कृष्ट ब्याटिङको सहयोगमा दक्षिण अफ्रिकाले आयरल्यान्डलाई दोस्रो टि२० खेलमा १ सय ६० रनको मध्यम लक्ष्य दिएको छ ।

सिभिल सर्भिस क्रिकेट क्लबमा टस जितेर ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५९ रन बनायो ।
दक्षिण अफ्रिका डेविड मिलर ४४ बलमा ४ चौका र ५ छक्का सहित ७५ रनमा अविजित रहे । वियान मुल्डर २६ बलमा २ चौका र २ छक्का सहित ३६ रनमा आउट भए । एक समय १० ओभरमा ५८-५ को खराब सुरुवात गरेको दक्षिण अफ्रिकालाई मिलरले अन्त्यमा आक्रामक ब्याट्सम्यानका साथ मध्यम योगफलमा पुर्याएका हुन् ।

मिलरले अन्तिम ओभरमा जोशुवा लिटिललाई चार छक्का प्रहार गर्दै २४ रन जोडेका थिए । अन्तिम तीन बलमा लगातार तीन छक्का प्रहार गरेका थिए । कप्तान टेम्बा बभुमा शून्य, क्विन्टन डि कक २७, जान्नेमान मलान शून्य, एडेन माक्ररम ८ र रास्सी भान डर डुसेनले ६ रन बनाए ।
आयरल्यान्डका पल स्टर्लिङ र मार्क आदिरले २–२ विकेट लिए । क्रेग यौंग, जोशुवा लिटिल र सिमि सिंहले एक एक विकेट लिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.