4 years ago
July 22, 2021
एजेन्सी – भारत र काउन्टी सेलेक्ट इलेभेनबीचको थ्रि डे अभ्यास खेल बराबरीमा सकिएको छ । जितको लागि २ सय ८४ रनको विजयी लक्ष्य पछ्याएको काउन्टीले तेस्रो दिन दोस्रो इनिङ १५.५ ओभरमा कुनै विकेट नगुमाई ३१ रन बनाएको अवस्थामा बराबरीमा सकिएको थियो ।

काउन्टीका ओपनर ज्याक लिब्बी १७ र सहिब हमिद १३ रनमा अजिजित रहे । त्यसअघि भारतले ५५ ओभरमा ३ विकेट गुमाउँदै १ सय ९२ रन जोड्दा दोस्रो इनिङको समाप्तिको घोषणा गरेको थियो । भारतका रविन्द्र जडेजाले ७७ बलमा ४ चौका र १ छक्का सहित ५१ रनमा रिटायर्ट आउट भए । चेतेश्वर पुजारा ३८, मयंक अग्रवाल ४७ र हनुमा बिहारी ४३ रन जोडे । काउन्टीका ज्याक क्रसनले २ विकेट लिए ।
त्यसअघि दोस्रो दिन काउन्टीले पहिलो इनिङमा ८२.३ ओभरमा २ सय २० रनमा अल आउट भएको थियो । समग्रमा काउन्टी इलेभेन ९१ रनले पछि परेको थियो ।भारतको उत्कृष्ट बलिङ आक्रामण सामू खराब सुरुवात गरेको काउन्टी इलेभेनलाई ओपनर हसिब हमिदले २ सय ४६ बलमा १३ चौका सहित १ सय १२ रनको शतकीय इनिङ खेले । हसिब भारतसँगको पाँच टेस्ट सिरिज अन्तर्गत सुरुवाती दुई खेलमा इंग्ल्यान्डको सिनियर टोलीमा पनि छन् । सन् २०१६ मा हसिबले भारतविरुद्धनै टेस्टमा डेब्यू गरेका थिए । भारतविरुद्धको उक्त भ्रमणपछि हसिब इंग्ल्यान्डको टोलीमा छैनन् । लियाम प्यार्टिसन व्वाइट ४९ बलमा ६ चौका सहित ३३ रनमा आउट भए ।

जेक लिब्बी १२, कप्तान विल रोड्स ११, लियडन जेम्स २७, रोबट याट्स र वासिन्टन सुन्दर एक एक रनमा आउट भए । १७ वर्षिय बायाँ हाते विकेटकिपर जेम्स रेले ३० बल खेल्दै २ रन जोडेका थिए । सुन्दर काउन्टी टोलीबाट खेलेका छन् । भारतका उमेश यादवले सर्वाधिक ३ विकेट लिए । मोहम्मद शिराजले २ विकेट लिए । जस्प्रित बुमराह, रविन्द्र जडेजा, अक्षर पटेलले र शार्दूल ठाकुरले एक एक विकेट लिएका छन् ।
त्यसअघि चेस्टर लि स्ट्रीटमा टस जितेर ब्याटिङ थालेको भारत ९३ ओभरमा ३ सय ११ रनमा अल आउट भएको थियो । कमजोर सुरुवात गरेको भारतलाई बलियो योगफलमा पुर्याउन विकेटकिपर लोकेश राहुलले १ सय ५० बलमा ११ चौका र १ छक्का सहित सर्वाधिक १ सय १ रन बनाउँदै रिटायर्ड आउट भए ।

रविन्द्र जडेजा १ सय ४६ बलमा ५ चौका र १ छक्का सहित ७५ रनमा क्याच आउट भए । ओपनर तथा कप्तान रोहित शर्मा ९, मयंक अग्रवाल २८, चेतेश्वर पुजारा २१ र हनुमा विहारी २४ रनमा आउट भए । शार्दुल ठाकुरले २० रन जोड्दा अक्षर पटेलले खाता खोल्न सकेनन् । काउन्टी सेलेक्ट इलेभेनका क्रेग मिल्सले १७.१ ओभरमा ४ मेडन सहित ४५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । लियडन जेम्स र लियाम पार्टिसन व्हाइटले २–२ विकेट लिए । ज्याक क्रसनको नाममा एक एक विकेट रह्यो ।
इंग्ल्यान्डसँग पाँच टेस्ट सिरिज खेल्नुअघि भारतले काउन्टीसग अभ्यास खेल खेलेको हो। बिसिसिआईको विशेष अनुरोधमा इंग्ल्यान्ड क्रिकेट बोर्डले अभ्यासको व्यवस्था गरेको हो । इंग्ल्यान्ड र भारतबीचको पहिलो टेस्ट चार अगष्टमा सुरु हुने छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]