4 years ago
July 23, 2021
एजेन्सी – वेस्ट इन्डिज र अष्ट्रेलियाबीच दोस्रो ओडिआई खेल कोरोना कारण स्थगित भएको छ । तीन ओडिआई सिरिज अन्तर्गत दोस्रो खेल राती १२ : १५ देखि बार्बाडोसमा हुने तय थियो । खेलको लागि टस पनि भई सकेको थियो ।

अष्ट्रेलिया कप्तान एलेक्स केरीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए । तर कोरोना पोजेटिभ देखिएपछि दुबै टोलीका खेलाडी, असिफल र स्टाफ आइसोलेसनमा बसेका छन् । इनिङको पहिलो बल गर्न मात्र एक मिनेट बाँकी हुँदा कोरोना पुष्टि भएको थियो । तर कुन टोलीका खेलाडीमा कोरोना देखिएको भने खुलाइएको छैन । एक जनामा कोरोना पोजेटिभ देखिएको बताइएको छ । तीन ओडिआईमा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ ।
बुधबार पहिलो ओडिआई खेलमा अष्ट्रेलियाले वेस्ट इन्डिजलाई १ सय ३३ रनको फराकिलो अन्तरले पराजित गर्दै तीन खेलको सिरिजमा १–० को अग्रता लियो । तीव्र गतिका बलर मिचेल स्टार्कको पाँच र जोश हेजलवुडको तीन विकेटको सहयोगमा २ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिज २६.२ ओभरमा १ सय २३ रनमा अल आउट हुन पुगेको थियो । पाँच टि२० आई खेलको सिरिज भने वेस्ट इन्डिजले ४-१ ले जितेको थियो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]