4 years ago
July 23, 2021
एजेन्सी – आक्रामक ब्याट्सम्यान डेविड मिलर र स्पिनर तबरेज शाम्सी चम्कँदा दक्षिण अफ्रिकाले आयरल्यान्डविरुद्ध तीन टि२० आई सिरिज एक खेल अगावै जितेको छ । दोस्रो टि२० आई खेलमा आयरल्यान्डलाई ४२ रनले पराजित गर्दै दक्षिण अफ्रिकाले सिरिज जितेको हो ।

जितको लागि १ सय ६० रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड १९.३ ओभरमा १ सय १७ रनमा अल आउट भयो । आयरल्यान्डको शेन गेटकेटले १८ बलमा १ चौका र २ छक्का सहित सर्वाधिक २४ रनको योगदान दिए । ओपनर पल स्टर्लिङ १९, केभिन ओ ब्रायन शून्य, जर्ज डकरेल २०, लोर्कान टकर १२ र मार्क आदिरले १५ रन बनाए ।
दक्षिण अफ्रिका स्पिनर ब्यर्जोन फोर्टुइन ४ ओभरमा १ मेडन सहित १६ रन खर्चेर ३ विकेट लिए । अर्का स्पिनर तबरेज शाम्सीले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । ब्यूरन हेन्ड्रिक्सले २, एडेन माक्ररम र लुन्गी एनगिडीले एक एक विकेट लिए ।
त्यसअघि सिभिल सर्भिस क्रिकेट क्लबमा टस जितेर ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको थियो । दक्षिण अफ्रिका डेविड मिलर ४४ बलमा ४ चौका र ५ छक्का सहित ७५ रनमा अविजित रहे । वियान मुल्डर २६ बलमा २ चौका र २ छक्का सहित ३६ रनमा आउट भए । एक समय १० ओभरमा ५८-५ को खराब सुरुवात गरेको दक्षिण अफ्रिकालाई मिलरले अन्त्यमा आक्रामक ब्याट्सम्यानका साथ मध्यम योगफलमा पुर्याएका हुन् ।

मिलरले अन्तिम ओभरमा जोशुवा लिटिललाई चार छक्का प्रहार गर्दै २४ रन जोडेका थिए । अन्तिम तीन बलमा लगातार तीन छक्का प्रहार गरेका थिए । कप्तान टेम्बा बभुमा शून्य, क्विन्टन डि कक २७, जान्नेमान मलान शून्य, एडेन माक्ररम ८ र रास्सी भान डर डुसेनले ६ रन बनाए । आयरल्यान्डका पल स्टर्लिङ र मार्क आदिरले २–२ विकेट लिए । क्रेग यौंग, जोशुवा लिटिल र सिमि सिंहले एक एक विकेट लिए । पहिलो खेलमा दक्षिण अफ्रिका ३३ रनले विजयी भएको थियो । तेस्रो खेल शनिबार हुने छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]