default_image

4 years ago

July 23, 2021

करन र बिलिंग्स चम्कँदा ओभलको विजयी सुरुवात

154 views

0 Bookmark

एजेन्सी – बिहिबार राती देखि सुरु भएको द हन्ड्रेड प्रतियोगितामा ओभल ईन्भिन्सिबल्सले म्यानचेस्टर ओरिजिनल्सलाई ९ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

क्रिकेट इतिहासमा पहिलो पटक इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डको आयोजनामा सुरु भएको द हन्ड्रेड प्रतियोगिता उद्धघाटन खेलमा ओभल ईन्भिन्सिबल्सले विजयी सुरुवात गरेको हो ।

जितको लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको म्यानचेस्टरले निर्धारित एक सय बलमा ७ विकेटको क्षतिमा १ सय ३६ रन बनायो । म्यानचेस्टरका कार्लोस ब्रेथवेटले २९ बलमा २ चौका र १ छक्का सहित सर्वाधिक ३७ रनको योगदान दिए । जो क्लार्क १५, कोलिन मुनरो २६ र क्याल्विन ह्यारिसन २३ रन बनाए । कप्तान जस बटलर ८ रनमा क्याच आउट भएका थिए ।

ओभलका युवा अलराउन्डर साम करनले २० बलमा २७ रन खर्चेर २ विकेट लिए । नाथन सोउटरले १५ बलमा १८ रन खर्चेर २ विकेट लिए । टम करन, रोस टोपली र सुनिल नारायणको नाममा एक एक विकेट रह्यो ।

त्यसअघि लन्डनमा टस हारेर ब्याटिङको निम्तो पाएको ओभलले निर्धारित एक सय बलमा ८ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको थियो । कप्तान तथा विकेटकिपर साम बिलिंग्सले ३० बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ४९ रनको योगदान दिए । बिलिंग्सनै खेलको प्लेयर अफ द म्याच चुनिए । टम करन १८ बलमा ३ चौका र १ छक्का सहित २९ रनमा अविजित रहे ।

कोलिन इनग्राम १७, विल ज्याक्स १५ र जेसन रोय २० रनमा आउट भए । म्यानचेस्टरका तीव्र गतिका बलर फर्द क्लासेनले १५ बलमा २३ रन खर्चेर ३ विकेट लिए । टम हार्टले र स्टिभन फिनले २–२ विकेट लिए । दोस्रो खेलमा आज राती दोस्रो खेलमा बर्मीङ्घम फिनिक्स र लन्डन स्प्रिरिटबीच प्रतिस्पर्धा हुने छ । नेपाल लेग स्पिनर सन्दीप लामिछाने ओभलमा अनुबन्ध भएपनि भिसाको कारण इंग्ल्यान्डमा १० दिन क्वारेनटाइन बसेपछि बिहिबार स्वदेश फर्कि सकेका छन् ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.