default_image

4 years ago

July 23, 2021

श्रीलंकाविरुद्ध स्यामसन सहित पाँच खेलाडीको डेब्यू

137 views

0 Bookmark

एजेन्सी – भारतले तेस्रो ओडिआई खेलमा श्रीलंकाविरुद्ध विकेटकिपर ब्याट्सम्यान सञ्जु स्यामसन सहित पाँच खेलाडीलाई डेब्यू दिएको छ । आर प्रेमाडासा स्टेडिम कोलोम्बोमा भारतका कप्तान शिखर धवनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिँदै टोलीमा ६ परिवर्तन गरेका छन् ।

तीन ओडिआईमा सुरुवाती दुई खेल जित्दै भारतले एक खेल अगावै सिरिज जिति सकेको छ । जसको कारण पाँच खेलाडीलाई डेब्यू दिएको हो । भारतले स्यामसन सहित ब्याट्सम्यान नितिश राणा, तीव्र गतिका बलर चेतन सकारिया, अलराउन्डर कृष्णप्पा गौवथम र राहुल चाहरलाई डेब्यू गराएको छ । राजस्थान रोयल्सका विकेटकिपर ब्याट्सम्यान सन्जु स्यामसनले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार उत्कृष्ट प्रदर्शन गदैै आएका छन् । स्यामसनले टि२० आई भने भारतबाट खेलि सकेका छन् ।

युवा तीव्र गतिका बलर चेतनले यस सिजनमा डेब्यू आइपिएल खेल्दै राम्रो प्रभाव छाडेपछि भारतीय टोलीमा स्थान बनाएका थिए । नितिश राणाले कोलकाता नाइट राइडर्सबाट आइपिएल खेल्दै मध्यक्रममा लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । मुम्बई इन्डियन्सका राहुल चहरले टि२० आई खेलि सकेका छन् । स्पिन अलराउन्डर कृष्णप्पाले आइपिएलमा राम्रो छाप छोड्दै आएका छन् ।

त्यस्तै भारतले तीव्र गतिका बलर नवदीप सैनीलाई पनि मौका दिएको छ । सैनीलाई दीपक चाहरको स्थानमा मौका दिएको हो । दोस्रो खेलबाट ईशान किशन, क्रुनाल पान्ड्या, भुवनेश्वर कुमार, कुलदीप यादव, युजभेन्द्र चहल र दीपक चाहरलाई भारतले विश्राम दिएको छ ।

श्रीलंकाले टोलीमा तीन परिवर्तन गरेको छ । प्रविन जयव्रिकमे, अकिला धनन्जय, रमेश मेन्डिस टोलीमा फर्किएका छन् । वानिन्दु हसरंगा, लक्शान सन्दाकन र कसुन रजिथ बेन्चमा छन् । भारत पहिलो खेलमा ७ विकेट र दोस्रो खेलमा ३ विकेटले विजयी भएको थियो ।

श्रीलंका प्लेइङ ११ : अविष्का फ्रेनान्डो, मिनोद भानुका (विकेटकिपर), भानुका राजपक्षे, धनन्जय डि सिल्भा, चरिथ असालन्का, दासुन शनाका (कप्तान), रमेश मेन्डिस, चामिका करुणारत्ने, अकिला धनन्जय, दुश्मन्था चामिरा र प्रविन जयव्रिकमले ।

भारतको प्लेइङ ११ : पृथ्वी शा, शिखर धवन (कप्तान), सन्जु स्यामसन (विकेटकिपर), मनिष पाण्डे, सूर्यकुमार यादव, नितिश राणा, हार्दिक पान्ड्या, कृष्णप्पा गौवथम, राहुल चाहर, नवदीप सैनी र चेतन सकारिया ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.