default_image

4 years ago

July 23, 2021

जिम्बावेले बंगलादेशलाई हरायो

96 views

0 Bookmark

एजेन्सी – जिम्बावेले दोस्रो टि२० खेलमा बंगलादेशलाई २३ रनले पराजित गरेको छ । यो जितसँगै घरेलु टोली जिम्बावेले तीन टि२० आई खेलको सिरिज १–१ को बराबरीमा पुर्याएको छ ।

जितको लागि १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेश १९.५ ओभरमा १ सय ४३ रनमा अल आउट भयो । बंगलादेशका लागि डेब्यू खेल खेलेका समिम हसनैनले १३ बलमा ३ चौका र २ छक्का सहित सर्वाधिक २९ रनको योगदान दिए । अफिफ हुसैन २४, माहेदी हसन १५, सकिब अल हसन १२ र मोहम्मद सैफिद्दिनले १९ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

जिम्बावेका स्पिनर वेलिंग्टन मसाकाड्जाले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । तीव्र गतिका बलर ब्लेसिङ मुर्जाबानीले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । ल्यूक जोंगवे ३.५ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । टेन्डाई चतरा नाममा २ विकेट रह्यो ।

त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिला ब्याटिङ रोजेको जिम्बावेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६६ रन बनाएको थियो । जिम्बावेका युवा ब्याट्सम्यान वेस्ले मधेभरेले ५७ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ७३ रनको योगदान दिए । तल्लोक्रममा रयान बर्ल १९ बलमा २ चौका र २ छक्का सहित ३४ रनमा अविजित रहे । डियोन मायर्स २६ र रेजिस चकब्भा १४ रनमा आउट भए ।

बंगलादेशका शोरिफुल ईस्लामले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । सकिब अल हसन र माहेदी हसनले एक एक विकेट लिए । पहिलो खेलमा बंगलादेश ८ विकेटले विजयी भएको थियो । तेस्रो तथा निर्णायक खेल आइतबार हुने छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.