default_image

4 years ago

July 23, 2021

उत्कृष्ट पूनरागमनसँगै श्रीलंकालाई भारतको मध्यम लक्ष्य

141 views

0 Bookmark

एजेन्सी – भारतले तेस्रो तथा अन्तिम ओडिआई खेलमा घरेलु टोली श्रीलंकालाई २ सय २ रनको मध्यम लक्ष्य दिएको छ । आर प्रेमाडासा स्टेडियम कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको भारत ४३.१ ओभरमा २ सय २५ रनमा अल आउट भयो । वर्षाको कारण खेल केहि समय रोकिँदा ४७ ओभरमा झारिएको थियो ।भारतका ओपनर पृथ्वी शाले ४९ बलमा ८ चौका सहित सर्वाधिक ४९ रनको योगदान दिए ।

भारतलाई पहिलो विकेटका लागि ओपनर शिखर धवन र पृथ्वी शाले २.३ ओभरमा २८ रनको साझेदारी गरेका थिए । धवनलाई तीव्र गतिका बलर दुुश्मन्था चामिराले १३ रनमा विकेटकिपर भानुका राजपक्षेबाट क्याच गराउँदै श्रीलंकालाई पहिलो सफलता दिलाए । धवनले ११ बलमा ३ चौका प्रहार गरे ।

दोस्रो विकेटका लागि पृथ्वी र सन्जु स्यामसनले ७४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । १५ औं ओभरको पाँचौ बलमा कप्तान दासुन शनाकाले पृथ्वीलाई एलबिडब्लू आउट गर्दै दोस्रो सफलता दिलाएका थिए । १९ औं ओभरको चौथो बलमा स्यामसन प्रविन जयविक्रमकको बलमा अविष्का फ्रेन्नान्डोबाट ४६ रनमा क्याच आउट हुन पुगे । ओडिआईमा डेब्यू खेल खेलेका स्यामसनले ४६ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।


जयव्रिकमले मनिष पाण्डेलाई ११ रनमा क्याच आउट गराए । जयविक्रमलेनै २९ औं ओभरको तेस्रो बलमा हार्दिक पान्ड्यालाई १९ रनमा एलबिडब्लू आउट गरेपछि भारत दबाबमा परेको थियो । स्पिनर अकिला धनन्जयले सूयकुमार यादवलाई ४० रनमा एलबिडब्लू आउट गर्दै श्रीलंकालाई महत्वपूर्ण सफलता दिलाएका थिए । सूर्यले ३७ बलमा ७ चौका प्रहार गरे । धनन्जयले डेब्यू खेल खेलेका नितिश राणालाई ७ र कृष्णप्पा गौवथमलाई २ रनमा एबिडब्लू आउट गरे ।

तल्लोक्रमका राहुल चाहर १३ र नवदीप सैनी १५ रनमा आउट भए । एक समय भारत २४.४ ओभरमा १५७–३ को बलियो अवस्थामा हुँदा विशाल योगफलको सम्भावना देखाएको थियो । तर मनिष पाण्डे आउट भएसँगै भारतका तल्लोक्रमका ब्याट्सम्यान लगातार आउट हुन पुगेका थिए । श्रीलंकाले राम्रो पूनरागमनका साथ मध्यम लक्ष्य पाएको छ ।


श्रीलंका अकिला धनन्जयले १० ओभरमा ४४ रन खर्चेर ३ विकेट लिए । प्रविन जयविक्रमले १० ओभरमा ५९ रन खर्चेर ३ विकेट लिए । दुश्मन्था चामिराले ८.१ ओभरमा ५५ रन खर्चेर २ विकेट लिए । दासुन शनाका र चामिका करुणारत्नेले एक एक विकेट लिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.