default_image

4 years ago

July 25, 2021

वेस्टइन्डिजले अष्ट्रेलियालाई हरायो

169 views

0 Bookmark

एजेन्सी – निकोलस पुरन र जेसन होल्डरले मध्यक्रममा उत्कृष्ट साझेदारी गरेपछि वेस्टइन्डिजले अष्ट्रेलियालाई दोस्रो ओडीआइमा ४ विकेटले हराउँदै सिरिज बराबरी गरेको छ ।

अष्ट्रेलियाले प्रस्तुत गरेको १ सय ८८ रनको लक्ष्य वेस्टइन्डिजले ३८ ओभरमा ६ विकेट गुमाउँदै जित हासिल गर्यो । वेस्टइन्डिजको जितमा जेसन होल्डर र निकोलस पुरनले छैटौं विकेटका लागि ९३ रनको साझेदारी गरे । होल्डरले ६९ बलमा ५ चौका र १ छक्कासहित ५२ रनको योगदान दिए । पुरन ५९ रनमम नटआउट रहे । उनले ७५ बलमा २ चौका र २ छक्का प्रहार गरे ।

ब्रिजटाउनमा सिरिज बराबर गर्ने लक्ष्यसाथ उत्रिएको वेस्टइन्डिजले कमजोर सुरुवात गरेको थियो । मिचेल स्टार्कले तेस्रो ओभरमा एभिन लेविसलाई १ रनमा एलबीडब्लु आउट गरे । लगत्तै अर्को ओभरमा स्टार्कले नै ड्यारेन ब्राभोलाई बोल्ड गर्दै गोल्डेन डकमा पेभेलियन फर्काए ।

११-२ को स्थितिमा रहेको वेस्टइन्डिज नवौं ओभरमा जेसन महमुद (११) एडम जाम्पाको बलमा बोल्ड हुँदा ४७-३ को स्थितिमा पुगेको थियो । एस्टन टर्नरले शाइ होपलाई ३८ रनमा बोल्ड गरेपछि लगत्तै अर्को ओभरमा काइरन पोलार्ड पनि २ रनमा पेभेलियन फर्किए । जाम्पाले कप्तान पोलार्डलाई बोल्ड गर्दा वेस्टइन्डिज ७२-५ को स्थितिमा थियो । त्यसपछि पुरन र होल्डरले सानदार साझेदारी गर्दै जित पक्का गरे ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले खराब सुरुवात गरेपनि तल्लोक्रमका ब्याट्सम्यानले टोलीलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्याएका थिए । पाहुना टोलीले ४७.१ ओभरमा अलआउट हुनुअघि १ सय ८७ रन जोडेको थियो । शेल्डन कटरेलले गरेको पहिलो ओभरमा नै ओपनर बेन मक्डरमटलाई शून्यमा गुमाएको अष्ट्रेलियाले २३ रनको स्थितिमा अर्का ओपनर जोश फिलिपे (१६) लाई पनि गुमायो । फिलिपे अल्जारी जोसेफको बलमा क्याच आउट भए ।

लगत्तै अर्को ओभरमा मिचेल मार्श ८ रन जोड्दै जेसन होल्डरको शिकार भएपछि अष्ट्रेलिया समस्यामा परेको थियो । कप्तान एलेक्स केरी १० रन जोड्दै ११ औं ओभरमा अकिल होसेनबाट बोल्ड भएपछि अष्ट्रेलिया ४१-४ को स्थितिमा पुग्यो । होसेनले नै १३ औं ओभरमा मोसेस हेनरिकेस (४) र एस्टन टर्नर (१) लाई पेभेलियन पठाउँदै अष्ट्रेलियालाई ४५-६ को दयनीय स्थितिमा पुर्याए ।

सातौं विकेटका लागि म्याथ्यु वेड र मिचेल स्टार्कले ५१ रनको साझेदारी गर्दै सम्मानजनक योगफलतर्फ अग्रसर गराएका थिए । स्टार्क १९ रन जोड्दै हेडन वाल्स जुनिअरको एलबीडब्लु धरापमा परे । वेड पनि ३६ रन जोड्दै जोसेफको बलमा क्याच आउट भए ।

नवौं विकेटका लागि वेस एगर र एडम जाम्पाले ५९ रनको साझेदारी गर्दै अष्ट्रेलियालाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्याए । एगरले ३६ बलमा ३ चौका र २ छक्कासहित ४१ रन जोडे । जाम्पाले ६२ बलमा ४ चौका प्रहार गर्दै ३६ रनको योगदान दिए । वेस्टइन्डिजका जोसेफ र होसेनले ३-३ तथा कटरेलले २ विकेट लिए । वाल्स र होल्डरको नाम १-१ विकेट रहयो ।

यससँगै ३ खेलको ओडीआई सिरिज १-१ को बराबर भएको छ । तेस्रो तथा निर्णायक खेल सोमबार राती हुनेछ । यसअघि कोरोना संक्रमणका कारण दोस्रो खेल २ दिन पछि सरेको हो । यसअघि टि२० सिरिज भने वेस्टइन्डिजले ४-१ ले जितेको थियो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.