4 years ago
July 25, 2021
एजेन्सी – भारतका युवा युवा ब्याट्सम्यान पृथ्वी शा र स्पिनर बरुण चक्रबर्तीले श्रीलंकाविरुद्ध पहिलो टि२० आई खेलमा डेब्यू गरेका छन् । आर प्रेमाडासा स्टेडियममा घरेलु टोली श्रीलंका कप्तान दासुन शनाकाले टस जितेर बलिङ गर्ने निर्णय लिएका छन् । पृथ्वी र बरुणले भारतका लागि टि२० मा डेब्यू गरेका हुन् ।

इन्डियन प्रिमियर लिग (आइपिएल) मा यी दुबै खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । शाले भारतका लागि ५ टेस्ट र ६ ओडिआई खेल खेलि सकेका छन् । उत्कृष्ट लयमा रहेका शा आक्रामक ब्याटिङका लागि परिचित छन् । दिल्ली क्यापिटल्सका ओपनर शाले श्रीलंकाविरुद्ध ओडिआई सिरिजमा उत्कृष्ट सुरुवात दिलाएका थिए । बरुणले भारतका लागि पहिलो खेल खेल्दै छन् । कोलकाता नाइट राइडर्सबाट खेल्दै आएका उनको घरेलु र आइपिएलमा प्रदर्शन उच्च छ ।
श्रीलंकाले अन्तिम ओडिआईबाट टोलीमा तीन परिवर्तन गरेको छ । इसुरु उडाना टोलीमा फर्किएका छन् । ब्याट्सम्यान चरिथ असालान्का र चामिका करुणारत्नेले पनि टि२० आईमा डेब्यू गरेका छन् ।
श्रीलंका प्लेइङ ११ : अविष्का फ्रेनान्डो, मिनोद भानुका (विकेटकिपर), धनन्जय डि सिल्भा, चरिथ असालान्का, दासुन शनाका (कप्तान), एशेन बन्डारा, वानिन्दु हसरंगा, चामिका करुणारत्ने, ईसुरु उडाना, अकिला धनन्जय र दुश्मन्था चामिरा ।
भारतको प्लेइङ ११ : शिखर धवन (कप्तान), पृथ्वी शा, ईशान किशन, सन्जु स्यामसन, सूर्यकुमार यादव, हार्दिक पान्ड्या, क्रुनाल पान्ड्या, दीपक चाहर, भुवनेश्वर कुमार, युजभेन्द्र चहल र बरुणचक्रवर्ती ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]