4 years ago
July 25, 2021
एजेन्सी – बंगलादेशले जिम्बावेविरुद्ध तीन टि२० आई सिरिज २–१ ले जितेको छ । अन्तिम तथा तेस्रो खेलमा जिम्बावेलाई पाँच विकेटले हराउँदै बंगलादेशले सिरिज जितेको हो ।

जितको लागि १ सय ९४ रनको बलियो लक्ष्य पछ्याएको बंगलादेशले १९.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । बंगलादेशको जितमा युवा ब्याट्सम्यान शमिम हुसैन १५ बलमा ६ चौका सहित ३१ रनमा अविजित रहँदै राम्रो अन्त्यका साथ जित पक्का गराए । ओपनर सौम्य सरकारले ४९ बलमा ९ चौका र १ छक्का सहित ६८ रनको योगदान दिँदै प्लेयर अफ द म्याच र सिरिज दुबै चुनिए ।
कप्तान महमुदूल्लाह रियादले २८ बलमा २ चौका र १ छक्का सहित ३४ रन जोडे । ओपनर मोहम्मद नईम ३, सकिब अल हसन २५ र अफिस हुसैन १४ रनमा आउट भए । जिम्बावेका तीव्र गतिका बलर ब्लेसिङ मुर्जाबानीले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । ल्यूक जोंगवे २ र वेंलिंग्टन मसाकाड्जा एक विकेट लिए ।

त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस जितेर ब्याटिङ थालेको घरेलु टोली जिम्बावेले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९३ रन बनाएको थियो । रयान बर्ल १५ बलमा ३ चौका र २ छक्का सहित ३१ रनमा अविजित रहे । विकेटकिपर रेजिस चकब्भा २२ बलमा ६ छक्का सहित ४८ रनमा आउट भए । युवा ब्याट्सम्यान वेस्ले मेधभरेले उत्कृष्ट लयलाई निरन्तरता दिँदै ३६ बलमा ६ चौका सहित ५४ रनको लगातार अर्धशतकीय इनिङ खेलेका थिए । डियोन मायर्स २३ र मरुमानी २७ रनमा आउट भए ।
सौम्य सरकारले सर्वाधिक २ विकेट लिए । मोहम्मद सैफुद्दिन, शोरिफुल ईस्लाम र सकिब अल हसनले एक एक विकेट लिए । पहिलो टि२० खेलमा बंगलादेश ८ विकेटले विजयी हुँदा दोस्रो खेलमा २३ रनले पराजित भएको थियो । जिम्बावेले यसअघि ओडिआई सिरिजमा क्लिनस्विप र एकमात्र टेस्ट खेल पनि जितेको थियो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]