default_image

4 years ago

July 25, 2021

भुवनेश्वर चम्कँदा भारतको उत्कृष्ट जित

143 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर भुवनेश्वर कुमार चम्कँदा भारतले पहिलो टि२० खेलमा घरेलु टोली श्रीलंकालाई ३८ रनले पराजित गरेको छ । योसँगै तीन टि२० आई सिरिजमा भारतले १–० को अग्रता लिएको छ ।

जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका १८.३ ओभरमा १ सय २६ रनमा अल आउट भयो । श्रीलंकाले अन्तिम १६ रन जोड्न ६ विकेट गुमाएपछि पराजित हुन पुगेको हो । श्रीलंका चरिथ असालान्काले २६ बलमा ३ चौका र ३ छक्का सहित सर्वाधिक ४४ रनको योगदान दिए । ओपनर अविष्का फ्रेनान्डोले २३ बलमा ३ चौका सहित २६ रन बनाए । मिनोद भानुका १०, धनन्जय डि सिल्भा र एशेन बन्डारा ९–९ रनमा आउट भए । कप्तान दासुन शनाका १६ रनमा आउट भए । अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

भारतका तीव्र गतिका बलर भुवनेश्वर कुमारले ३.३ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए । दीपक चाहरले ३ ओभरमा २४ रन खर्चिदै २ विकेट लिए । हार्दिक पान्ड्या, क्रुनाल पान्ड्या, बरुणचक्रबर्ती र युजभेन्द्र चहलको नाममा एक विकेट रह्यो ।

त्यअघि आर प्रेमाडासा स्टेडियम कोलोम्बोमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो । अन्तिम पाँच ओभरमा श्रीलंकाले मात्र ४३ रन खर्चिदै उत्कृष्ट बलिङ गरेको थियो । भारतका सूर्यकुमार यादवले ३४ बलमा ५ चौका र २ छक्का सहित सर्वाधिक ५० रनको योगदान दिए ।

ओपनर पृथ्वी शा टि२० आई डेब्यूको पहिलो खेलमा पहिलो बलमै शून्यमा क्याच आउट हुन पुगे । पृथ्वी तीव्र गतिका बलर दुश्मन्था चामिरा बलमा एज लागेर आउट भएका थिए । दोस्रो विकेटका लागि कप्तान शिखर धवन र सन्जु स्यामसनले ३६ बलमा ५१ रनको साझेदारी गर्दै इनिङ अघि बढाएका थिए । स्यामसनलाई स्पिनर वानिन्दु हसरंगाले २७ रनमा एलबिडब्लू आउट गरे । स्यामसनले २० बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए ।

तेस्रो विकेटका लागि शिखरले सूर्यसँग ४८ बलमा ६२ रनको साझेदारी गरेका थिए । शिखरलाई १५ औं ओभरको पहिलो बलमा चामिका करुणारत्नले एशेन बन्डाराबाट ४६ रनमा क्याच आउट गराउँदै साझेदारी तोडेका थिए । शिखरले ३६ बलमा ४ चौका र १ छक्का प्रहार गरे । एक ओभरपछि वानिन्दुको बलमा सूर्य क्याच आउट भएका थिए । भारतका फिनिसर हार्दिक पान्ड्या १२ बल खेलि १० रन बनाए । ईशान किशन १४ बलमा १ चौका र १ छक्का सहित २० रनमा अविजित रहे । क्रुनाल पान्ड्या ३ बलमा ३ रनमा अविजित रहे ।

श्रीलंका स्पिनर वानिन्दु हसरंगाले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । दुश्मन्था चामिराले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । चामिका करुणारत्नेको नाममा एक विकेट रह्यो । दोस्रो खेल मंगलबार हुने छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.