default_image

4 years ago

July 26, 2021

नेपाल टि२० वरीयतामा टेस्ट राष्ट्रभन्दा अघि

243 views

0 Bookmark

एजेन्सी – नेपालले टेस्ट टोली आयरल्यान्डलाई पछि पार्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टि२० वरीयतामा सुधार गरेको छ । आइतबार आइसिसीले गरेको नयाँ अपडेटमा नेपाल एक स्थान सुधार गर्दै १२ औं स्थानमा उक्लिएको छ ।

नेपालको १९ खेलमा ३ हजार ५ सय ५६ प्वाइन्ट र १ सय ८७ रेटिङ अंक छ । आइतबारनै दक्षिण अफ्रिकासँग तीन टि२० आई सिरिजमा क्लिनस्विप बेहोरेपछि आयरल्यान्ड १३ औं स्थानमा झरेको छ । १३ औं स्थानमा रहेको आयरल्यान्डको २१ खेलमा १ सय ७८ रेटिङ अंक भएपनि नेपालभन्दा पछि छ । आयरल्यान्डले दक्षिण अफ्रिकासँग पहिलो टि२० खेलमा ३३ रन, दोस्रो खेलमा ४२ रन र तेस्रो खेलमा ४९ रनको हार बेहोरेको थियो ।

नेपाल एसोसियटतर्फबाट टि२० वरीयतामा अग्रस्थानमा छ । नेपालभन्दा अघि ११ औं स्थानमा जिम्बावे र १० औं स्थानमा बंगलादेश छन् । इंग्ल्यान्ड शीष, भारत दोस्रो, न्युजिल्यान्ड तेस्रो र पाकिस्तान चौथो स्थानमा छ । अष्ट्रेलिया पाँचौं, दक्षिण अफ्रिका छैटौं, अफगानिस्तान सातौं, वेस्टइन्डिज आठौं र श्रीलंका नवौं स्थानमा छन् । टि२० आई वरीयतामा नेपालभन्दापछि स्कटल्यान्ड १४ औं, यूएई १५ औं, पपुवा न्युगिनी १६ र नेदरल्यान्ड १७ औं स्थानमा छ । सर्बिया ८२ औं स्थानमा रहँदै पुछारमा छ ।

नेपाल ओडिआईमा भने १६ औं स्थानमा यथावत छ । नेपालले पछिल्लो पटक गत वैशाखमा घरेलु मैदानमा नेदरल्यान्ड र मलेसियासँग त्रिकोणात्मक सिरिज खेल्दै उपाधि जितेको थियो । पछिल्लो चार महिना कुनै टि२० आई खेल नखेलेपनि नेपाल आयरल्यान्डको हारको कारण सुधार गरेको हो । नेपालको टि२० आईमा उत्कृष्ट वरियता ११ औं स्थान छ । नेपाल २०१९ मा केहि समय टि२० आई वरीयतामा ११ औं स्थानमा रहेको थियो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.