default_image

4 years ago

July 26, 2021

विश्वकप सुरु हुने दुई दिनअघि आइपिएल फाइनल

121 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को फाइनल आगमी अक्टोबर १५ मा दुबईमा हुने भएको । द बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई) ले आइपिएल २०२१ को बाँकी खेल सार्वजनिक गरेको छ । आइपिएल १९ सेप्टेम्बरबाट सुरु हुने छ ।

गत वैशाखमा २१ मा एकपछि अर्को खेलाडीलाई कोरोना संक्रमण देखिएपछि आइपिएल अनिश्चितकालको लागि स्थगित भएको थियो । आइपिएलका २९ खेल सकि सकेका छन् । ३० औं खेल चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सको खेलबाट सुरु हुने छ । टि२० विश्वकप २०२१ पनि यूएई र ओमानमा हुँदै छ । टि२० विश्वकप १७ अक्टोबर देखि सुरु हुने छ । अर्थात आइपिएल सकिएको दुई दिनपछि टि२० विश्वकप सुरु हुने छ ।

गत वैशाख २१ मा आठ मध्य चार फ्रेन्चाइज टोली चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स, कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादको टोलीमा कोरोना देखिएसँगै अनिश्चित समयको लागि स्थगित भएको थियो । आइपिएलको ३० औं खेलमा कोलकाता र बेंगलोरको खेल कोरोना कारण स्थगित भएको थियो । लगत्तै अर्को दिन हैदराबाद र मुम्बईबीचको खेलको क्रममा कोरोना देखिएपछि आइपिएलनै सर्न पुगेको थियो ।

टि२० विश्वकपका सुरुवाती सबै खेल ओमान हुने सम्भावना छ । तर आइसिसीले खेल तालिका भने सार्वजनिक गरेको छैन । टि२० विश्वकप १७ अक्टोबर देखि १४ नोभेम्बर सम्म चल्ने छ । पहिलो चरण (फस्ट राउन्ड) को समूह ए मा श्रीलंका, आरल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया छन् । समूह बी मा बंगलादेश, स्कटल्यान्ड, ओमान र पपुवा न्युगिनी छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर १२ मा स्थान बनाउने छन् ।

सुपर १२ को ग्रुप एक मा इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्टइन्डिजसँगै समूह ए को विजेता र समूह बीको उप विजेता रहने छन् । ग्रुप बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह बी को विजेता र समूह ए को उपविजेताबीच प्रतिस्पर्धा हुने छ । सुपर १२ बाट हरेक समूह शीर्ष दुई दुई टोली सेमिफाइनलमा स्थान बनाउने छन् ।

आइपिएल युएईमा तेस्रो पटक हुन लागेको हो । गत संस्करण कोरोना महामारीको कारण सबै सिजन युएईमा सफलता पूर्वक सम्पन्न भएको थियो । २०१४ मा भारतमा आम निर्वाचनको कारण आइपिएलका केहि खेल भएका थिए । आइपिएलका २९ खेल सकिँदा दिल्ली शीर्ष, चेन्नई दोस्रो, बेंगलोर तेस्रो र मुम्बई चौथो स्थानमा छन् ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.