default_image

4 years ago

July 27, 2021

अष्ट्रेलियालाई सिरिज, स्टार्क सर्वोत्कृष्ट

116 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाले वेस्टइन्डिजविरुद्ध तीन ओडिआई सिरिज २–१ ले जितेको छ । मंगलबार बिहान तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली वेस्टइन्डिजमाथि ६ विकेटको सहज जित निकाल्दै अष्ट्रेलियाले सिरिज जितेको हो ।

जितको लागि १ सय ५३ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले ३०.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । अष्ट्रेलिया मध्यक्रमका ब्याट्सम्यान म्याथ्यु वेड ५२ बलमा ५ चौका र २ छक्का सहित ५१ रनमा अविजित रहे । एश्टन अगर ३३ बलमा ३ चौका सहित १९ रनमा अविजित रहे ।

अष्ट्रेलिया ओपनर जोश फिलिपे १० र मोइजेस हेनरिक्स १ रनमा आउट भएका थिए । कप्तान एलेक्स केरी ५० बलमा ३ चौका सहित ३५ रन जोड्दै जुनियरको बलमा एलबिडब्लू आउट भए । आक्रामक ब्याटिङ गर्नेक्रममा मिचेल मार्श २१ बलमा १ चौका र ३ छक्का सहित २९ रनमा क्याच आउट भएका थिए । वेस्टइन्डिजका शेल्डन कटरेल, अकिल हुसैन, हेडेन वाल्श जुनियर र अल्जारी जोशेफले एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिज ४५.१ ओभरमा १ सय ५२ रनमा अल आउट भएको थियो । ओपनर ईविन लेविस ६६ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ५५ रनमा अविजित रहे । लेविसले एकतर्फबाट रन जोड्दा अर्कोतर्फबाट भने लगातार विकेट गुम्न पुगेको थियो ।

एश्टन अगरले शाई होपलाई १४ रनमा मिचेल मार्शबाट क्याच आउट गराएका थिए । निकोलस पुरन ३ रनमा एश्टन टर्नरको बलमा बोल्ड आउट भए । अर्का युवा ब्याट्सम्यान शिम्रन हेटमायरलाई जोश हेजलवुडले ६ रनमा बोल्ड आउट गरे । ड्यारेन ब्राभो १८, कप्तान काइरन पोलार्ड ११, जेसन होल्डर ५, अल्जारी जोशेफ १५, जुनियर ७ र अकिल हुसैन ३ रनमा आउट भए ।

अष्ट्रेलिया मिचेल स्टार्कले ९.१ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । जोश हेजलवुडले ८ ओभरमा १ मेडन सहित १८ रन खर्चेर २ विकेट लिएका थिए । एश्टन अगर र एडम जाम्पाको नाममा २–२ विकेट रह्यो । एक विकेट एश्टन टर्नरले लिएका थिए । स्टार्क प्लेयर अफ द सिरिज चुनिए । एश्टन अगर प्लेयर अफ द म्याच चुनिए । स्टार्कले पहिलो खेलमा पाँच, दोस्रो र तेस्रो खेलमा ३–३ विकेट लिएका थिए । समग्रमा ३ खेलमा ११ विकेट लिए ।

अष्ट्रेलिया पहिलो खेलमा १ सय ३३ रनले विजयी हुँदा दोस्रो खेलमा ४ विकेटले पराजित भएको थियो । पाँच टि२० आई सिरिज भने अष्ट्रेलियाले ४–१ ले गुमाएको थियो । अष्ट्रेलियाले अव पाँच टि२० आई सिरिजको लागि बंगलादेश भ्रमण गर्ने छ । पहिलो टि२० खेल ३ अगष्टमा हुने छ । वेस्टइन्डिजले घरेलु मैदानमा पाकिस्तानसँग चार टि२० र दुई टेस्ट खेल्ने कार्यक्रम छ । वेस्टइन्डिज र पाकिस्तानबीचको पहिलो टि२० बुधबार हुने छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.