default_image

4 years ago

July 28, 2021

सन्दीप, ज्ञानेन्द्र र पारस वरीयतामा खस्किए

299 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र ब्याट्सम्यान पारस खड्का न्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टि२० ब्याटिङ वरीयतामा खस्किएका छन् । आइसिसीको बुधबार जारी गरेको वरीयतामा ज्ञानेन्द्र मल्ल दुई स्थान खस्किदै ९७ औं स्थानमा पुगेका छन् ।

ज्ञानेन्द्रको रेटिङ प्वाइन्ट ३ सय ५७ छ । पूर्व कप्तान पारस खड्का तीन स्थान खस्किदै ९४ औं स्थानमा पुगेका छन् । पारसको ३ सय ६२ रेटिङ प्वाइन्ट छ । युवा ब्याट्सम्यान कुशल भुर्तेलले एक स्थान सुधार गर्दै ६० र्औ स्थानमा उक्लिएका छन् । कुशलले वेस्ट इन्डिजका निकोलस पुरन, काइरन पोलार्ड र भारतीय ऋषभ पन्त जस्ता ब्याट्सम्यानलाई पछि पारेका छन् । पुरन ६३ औ , पोलार्ड ६६ औं र पन्त ७५ औं स्थानमा छन् ।

स्पिनर सन्दीप लामिछाने चार स्थान खस्किदै ८२ औं स्थानमा पुगेका छन् । सन्दीपको ४ सय ५ रेटिङ अंक छ । तीव्र गतिका बलर सोमपाल कामी भने ९७ औं स्थानमा उक्लिएका थिए । अघिल्लो हप्ता वरीयतामा सोमपाल शीर्ष एक सयमा भने थिएनन् । सोमपालको ३ सय ५९ रेटिङ अंक छ ।

ब्याटिङको शीर्षतर्फ इंग्ल्यान्डका डेविड मलान छन् । पाकिस्तानका बाबर आजम दोस्रो, अष्ट्रेलिया कप्तान अरोन फिन्च तेस्रो, न्युजिल्यान्डका डेभन कन्वे चौथो र भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली पाँचौ स्थाानमा यथावत छन् ।

बलिङतर्फ दक्षिण अफ्रिका स्पिनर तबरेज शाम्सी शीर्ष स्थानमा छन् । श्रीलंका स्पिनर वानिन्दु हसरंगा दोस्रो स्थानमा उक्लिदा अफगानिस्तानका राशिद खान तेस्रो स्थानमा पुगेका छन् । टि२० अलराउन्डरतर्फ भने अफगानिस्तानका मोहम्मद नाबी शीर्ष स्थानमा यथावत छन् ।

नेपालले पछिल्लो पटक २० आई खेल टियु मैदानमा गत वैशाखमा मलेसिया र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक टि२० आई सिरिज खेलेको थियो । टिम वरीयतातर्फ नेपाल २० मा १२ औं र ओडिआईमा १६ औं स्थानमा यथावत छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.