default_image

4 years ago

July 29, 2021

सन्दीपले आइपिएल खेल्ने सम्भावना

171 views

0 Bookmark

एजेन्सी – विश्वकप र आइपिएलको खेल तालिका नजिक रहेपछि नेपाली स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ का बाँकी खेल खेल्न पाउने सम्भावना बढेको छ । सन्दीपलाई गत अक्सनमा कुनैपनि टोलीले मूल्य नलगाउँदा आइपिएलमा टोलीबिहिन बनेका थिए । सन्दीपले २०१८ देखि २०२० सम्म तीन सिजन दिल्ली क्यापिटल्सबाट खेलेका थिए । यस सिजनमा दिल्लीले सन्दीपलाई रिलिज गर्दा अन्य टोलीले किनेनन् ।

पछिल्लो दुई महिनामा सन्दीपले इंग्ल्यान्डको टि२० ब्लास्ट र द हन्ड्रेड प्रतियोगिता भिसाको कारण गुमाउनु परेको छ । सन्दीप द हन्ड्रेडको लागि इंग्ल्यान्ड पुगेपनि भिसाको कारण दुई हप्ता बसाईपछि स्वदेश फर्किसकेका छन् । गत वैशाखमा स्थगित भएको आइपिएलका बाँकी खेल आगमी सप्टेम्बर १९ देखि अक्टोबर १५ सम्म युएईमा हुँदैछ । उता टि२० विश्वकप अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म यूएई र ओमानमा हुँदैछ ।

आइपिएल सकिएको दुई दिनपछि विश्वकप सुरु हुनेछ । यो अवस्थामा विदेशी स्टार खेलाडीले आइपिएल नखेल्ने लगभग निश्चित जस्तै छ ।
पछिल्लो समय कोरोना कारण क्वारेनटाइन अनिवार्य बनेको छ । युएई सरकारको नियम अनुसार एक हप्ता बस्नुपर्ने हुन्छ । सबै टोली टि२० विश्वकप तयारीमा लागि रहेका छन् । सबैको ध्यान विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्नेछ ।

अझ आइपिएलमा सर्वाधिक विदेशी खेलाडी भएका इंग्ल्यान्ड, वेस्टइन्डिज, अष्ट्रेलिया र न्युजिल्यान्ड उपाधि दाबेदार टोलीमा पर्दछन् । जसले गर्दा विदेशी स्टारले आइपिएल खेल्ने सम्भावना अझ कम देखिन्छ । विश्वकप सुरु हुनुअघि कुनैपनि टोलीले दुई दुई वार्म अप म्याच खेल्ने चलन छ । ती वामअर्प खेल आइपिएको समयमै हुने छन् ।

बंगलादेश क्रिकेट बोर्डले तीव्र गतिका बलर मुश्ताफिजुर रहमान र सकिब अल हसनलाई बाँकी आइपिएलको लागि अनुमति नदिने स्पष्ट पारिसकेको छ । सकिब कोलकाता नाइट राइडर्स र मुश्ताफिजुर राजस्थान रोयल्समा छन् । अष्ट्रेलिया र इंग्ल्यान्ड बोर्डले पनि बाँकी आइपिएलको लागि अनुमति नदिने संकेत दिइसकेका छन् ।

बोर्डले अनुमति दिएपनि अधिकांश अष्ट्रेलियन खेलाडीले आफैं पनि बाँकी आइपिएल नखेल्ने मनासय बनाइसकेका छन् । वेस्टइन्डिज, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, श्रीलंका लगायत क्रिकेट बोर्डले पनि विश्वकप छाडेर आइपिएलमा खेलाडी पठाउने सम्भावना देखिदैन ।

सबै खेलाडी विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्न चाहन्छन् । त्यसको लागि कडा मिहिनेत, उच्च लय र चोटबाट बच्न चाहन्छन् । विश्वकप तयारी, क्वारेनटाइन, फिटनेश, चोट लगायत विश्वकपलाई ध्यानमा दिँदै आइपिएल खेल्न अनुमति दिने सम्भावना देखिदैन । अर्कोतर्फ आफ्नो प्रमुख खेलाडी आइपिएलमा कमजोर प्रदर्शन गरेमा त्यसले मनोबलमा पनि असर पार्छ ।

आइसिसीको प्रतियोगितामा १५ खेलाडीलाई मात्र अनुमति हुन्छ । आफ्नो प्रमुख खेलाडीले आइपिएलमा चोट लागेमा ठूलो घाटा हुन्छ । आइपिएल खेल्दा खेलाडीको कमजोरी अझ बढी थाहा हुने हुँदा पनि त्यसले हरेक टोलीको रणनीति र प्रदर्शनमा असर पार्न सक्छ । त्यसैले प्रमुख विदेशी खेलाडीले आइपिएल खेल्ने सम्भावना देखिदैन ।

यो अवस्थामा विश्वकप टोलीमा नपर्ने र एसोसियट खेलाडी फ्रेन्चाइज टोलीको विकल्प र रोजाईमा पर्ने छन् । हैदराबादमा स्पिनरको रुपमा अफगानिस्तानका राशिद खान, मुजिब उर रहमान र मोहम्मद नाबी छन् । कोलकातामा सकिब र सुनिल नारायण छन् । नारायण विश्वकप खेल्ने वा नखेल्ने अनिश्चित छ । वेस्टइन्डिजका कप्तान काइरन पोलार्डले उनी विश्वकप योजनामा रहेपनि अझै तयार भने नभएको जवाफ दिँदै आएका छन् ।

पन्जाव किंग्समा विदेशी स्पिनरको रुपमा फेबिएन एलेन छन् । उनी वेस्टइन्डिजका प्रमुख सदस्य हुन् बेंगलोरमा अष्ट्रेलिया एडम जाम्पा र चेन्नईमा मोईन अली विदेशी स्पिनरको रुपमा छन् । दिल्ली र मुम्बईमा भने भारतीय स्पिनरको बाहुल्यता हुँदा मौका पाउने सम्भावना कम छ । मुम्बई र दिल्ली बाहेक अन्य सबै टोलीमा सन्दीपको सम्भावना बढी देखिन्छ ।

नेपालको अन्तर्राष्ट्रिय खेलको सम्भावना

सेप्टेम्बरमानै आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच त्रिकोणात्मक ओडिआई सिरिजको सम्भावना छ । ओमानमा आयोजना हुने भनिएपनि कुनै आधिकारी पुष्टि भने भएको छैन । ओमानले टि२० विश्वकप आयोजना गर्ने हुँदा उसलाई मैदान बनाउन केहि समय लाग्नेछ ।

विश्वकप तयारीका लागि पिच र आउटफिल्ड बनाउन समय लाग्ने हुँदा ओमानले आयोजना गर्ने सम्भावना भने न्यून देखिन्छ । अर्कोतर्फ ओमान पनि टि२० विश्वकप तयारीमा छ । टि२० विश्वकप तयारी र आयोजना गर्न लागेको हुँदा ओडिआई त्रिकोणात्मक सिरिजको सम्भावना कम देखिन्छ । उक्त समय त्रिकोणात्मक सिरिज सेप्टेम्बरमा हुने सम्भावना कम देखिन्छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.