4 years ago
July 29, 2021
एजेन्सी – अष्ट्रेलिया मुख्य प्रशिक्षक जेस्टिन लेंगरले तीव्र गतिका बलर मिचेल स्टार्क ह्वाइट बल (सिमित) ओभरको क्रिकेटका विश्वकै उत्कृष्ट बलर रहेको बताएका छन् । स्टार्कको उत्कृष्ट प्रदर्शनमा अष्ट्रेलियाले वेस्टइन्डिजविरुद्ध तीन ओडिआई सिरिज २–१ ले जित्न सफल भयो । उक्त सिरिज जिताउन स्टार्कले ३ खेलमा ११ विकेट लिदै प्लेयर अफ द म्याच चुनिएका थिए ।

बंगलादेशसँग पाँच टि२० आई सिरिज खेल्न खेल्न जानुअघि लेंगरले स्टार्क उत्कृष्ट बलर रहेको बताएका हुन् । मलाई लाग्छ स्टार्क सिमित ओभरको क्रिकेटको विश्वकै उत्कृष्ट बलर हुन्, बंगलादेश जानुअघि लेंगरले भने । त्यसैमा थपे, बलमा स्विंग र योर्कर छ । उनी डेथ ओभरको विश्वको उत्कृष्ट बलर हुन् । स्टार्क र जोश हेजलवुडको जोडी हाम्रो खेलाडी साँच्चै धेरै राम्रो कुरा हो ।
स्टार्कले पहिलो ओडिआई खेलमा पाँच विकेट लिएका थिए । त्यसपछि दोस्रो र तेस्रो खेलमा समान तीन विकेट लिएका थिए । उनले मात्र ९९ आडिआई खेल खेलेका छन् । जसमा १ सय ९५ विकेट लिई सकेका छन् । एकदिवसिय अघि पाँच टि२० आई खेल अष्ट्रेलियाले ४–१ ले गुमाएको थियो । तर प्रमुख खेलाडी विनाको प्रदर्शनमा लेंगर आफू केहि कुरामा सकारात्मक बताउछन् ।

स्टिभ स्मिथ, डेविड वार्नर, प्याट कमिन्स, ग्लेन म्याक्सवेल र मार्कस स्टोइनिस जस्ता प्रमुख खेलाडी वेस्टइन्डिज भ्रमणमा थिएनन् । बंगलादेश भ्रमणमा पनि हुने छैनन् । कप्तान आरोन फिन्च पनि चोटका कारण बाहिरि सकेका छन् । विकेटकिपर एलेक्स केरीले ओडिआई सिरिजमा कप्तानी गर्दै राम्रो प्रभाव छाडेका थिए ।
‘मलाई थाहा थियो हाम्रो लागि टि२० कठिन हुने छ । विशेष गरेर वेस्टइन्डिजविरुद्ध जो टि२० क्रिकेटमा धेरै राम्रो छ’, लेंगरले भने । त्यसैमा थपे, ‘सिरिज गुमाउनु हाम्रो लागि निराशजनक थियो । तर विश्वकपको सुधार गर्न हामीलाई फाइदा पुग्ने छ; । स्टार्क २०१९ र २०१५ को एकदिवसिय विश्वकपमा सर्वाधिक विकेट लिने बलर हुन् ।

स्टार्कले २०१५ को विश्वकप जिताउन २२ र २०१९ मा २७ विकेट लिएका थिए । स्टार्क योर्कर, स्विंग र तीव्र गतिका लागि विश्व चर्चित बलर हुन् । उनको बलको गति प्रतिघण्टा १६०.४ सम्म छ । अष्ट्रेलिया र बंगलादेशबीचको पाँच टि२० आई सिरिज अन्तर्गत पहिलो खेल ३ अगष्ट (मंगलबार) हुने छ । स्टार्क पनि आगमी अक्टोबर नोभेम्बरमा हुने टि२० विश्वकपमा आफ्नो ध्यान केन्द्रित गर्दै आएका छन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]