default_image

4 years ago

July 28, 2021

श्रीलंकाविरुद्ध भारतको ७ परिवर्तन

157 views

0 Bookmark

एजेन्सी – भारतले श्रीलंकाविरुद्ध दोस्रो टि२० आई खेलमा ७ खेलाडी परिवर्तन गरेको छ । आर प्रेमाडासा स्टेडियम कोलोम्बोमा श्रीलंका कप्तान दासुन शनाकाले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् ।

भारतले दोस्रो टि२० आई खेलमा ७ खेलाडी परिवर्तन गरेको छ । क्रुनाल पान्ड्यालाई मंगलबार कोरोना देखिएपछि उनको सम्पर्कमा आएका थप ८ खेलाडी आइसोलेसनमा गएपछि भारतले एकै पटक ७ खेलाडी परिवर्तन गर्नु परेको हो । पहिलो खेलबाट हार्दिक पान्ड्या, क्रुनाल पान्ड्या, ईशान किशन, पृथ्वी शा, दीपक चाहर, युजभेन्द्र चहल र सूर्यकुमार यादव टोलीमा छैनन् ।

भारतले चार खेलाडीलाई टि२० आईमा डेब्यू दिएको छ । ओपनर देवदत्त पाडिक्कल, ऋतुराज गायकवाड, नितिश राणा र युवा तीव्र गतिका बलर चेतन सकारियाले टि२० आईमा डेब्यू गरेका छन् । त्यस्तै कुलदीप यादव, नवदीप सैनी र राहुल चाहर टोलीमा फर्किएका छन् ।पाडिक्कलले रोयल च्यालेन्जर्स बेंगलोरबाट आइपिएल खेल्ने गर्दछन् । बायाँ हाते ओपनर पाडिक्कलले गत सिजन डेब्यू गर्दै ४ सय ७३ रनका साथ इमर्जिङ प्लेयर चुनिएका थिए । यस सिजनमा पनि पाडिक्कलले उत्कृष्ट प्रदर्शन गर्नेक्रममा राजस्थान रोयल्सविरुद्ध १ सय १ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए ।

ऋतुराजले चेन्नई सुपर किंग्सबाट आइपिएल खेल्दै उत्कृष्ट प्रभाव छाडि सकेका छन् । नितिशले कोलकाता नाइट राइडर्स र सकारियाले यसै सिजन राजस्थान रोयल्सबाट आइपिएल खेलेका थिए । ऋतुराजले गतवर्ष अन्तिम तीन खेलमा लगातार अर्धशतक प्रहार गरेका थिए । यस सिजनमा १ सय ९६ रनका साथ राम्रो प्रदर्शन गरेका थिए ।

दोस्रो खेल मंगलबार हुने तयभएपनि क्रुनाल पान्ड्यालाई कोरोना देखिएपछि एकदिनपछि सरेको थियो । श्रीलंकाले टोलीमा दुई परिवर्तन गरेको छ । रमेश मेन्डिसले डेब्यू गरेका छन् । पहिलो खेलबाट चारिथ असालन्का र एशेन बन्डारा दोस्रो खेलमा छैनन् । सदिरा समाराविक्रम टोलीमा फर्किका छन् ।

भारतको प्लेइङ ११ : शिखर धवन(कप्तान), ऋतुराज गायकवाड, देवदत्त पाडिक्कल, सन्जु स्यामसन(विकेटकिपर), नितिश राणा, भुवनेश्वर कुमार, कुलदीप यादव, राहुल चाहर, नवदीप सैनी, चेतन सकारिया र बरुणचक्रवर्ती ।

श्रीलंका प्लेइङ ११ : अविष्का फ्रेनान्डो, मिनोद भानुका (विकेटकिपर), धनन्जय डि सिल्भा, सदिरा समाराविक्रम , दासुन शनाका (कप्तान), रमेश मेन्डिस, वानिन्दु हसरंगा, चामिका करुणारत्ने, ईसुरु उडाना, अकिला धनन्जय र दुश्मन्था चामिरा ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.