default_image

4 years ago

July 28, 2021

श्रीलंकालाई भारतको सामान्य लक्ष्य

97 views

0 Bookmark

एजेन्सी – भारतले दोस्रो टि२० आई खेलमा श्रीलंकालाई १ सय ३३ रनको सामान्य लक्ष्य दिएको छ । आर प्रेमाडासा स्टेडियम कोलोम्बोमा टस हारेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३२ रन बनायो ।

कोरोना कारण प्रमुख नौं खेलाडी आइसोलेसनमा हुँदा भारतले अन्तिम रोजाईको टोली मैदान उतारेको थियो । भारतका कप्तान शिखर धवनले सर्वाधिक ४० रनको योगदान दिए । भारतलाई ओपनर शिखर धवन र ऋतुराज गायकवाडले ७ ओभरमा ४९ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए ।

प्रमुख खेलाडी टोलीमा नहुँदा शिखर दबाबमा थिए । डेब्यू खेल खेलेका ऋतुराजलाई कप्तान दासुन शनाकाले विकेटकिपर मिनोद भानुकाबाट २१ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाए । ऋतुराजले १८ बलमा १ चौका प्रहार गरे । शिखरलाई स्पिनर अकिला धनन्जयले १३ औं ओभरको पहिलो बलमा ४० रनमा बोल्ड आउट गरे । धवनले ४२ बलमा ५ चौका प्रहार गरे ।

१६ औं ओभरको तेस्रो बलमा अर्का डेब्यू खेल खेलेका देवदत्त पाडिक्कल २३ बलमा १ चौका र १ छक्का सहित २९ रनमा बोल्ड आउट भए । उनलाई स्पिनर वानिन्दु हसरंगाले बोल्ड आउट गरेका थिए । अकिलाले सन्जु स्यासनलाई ७ रनमा बोल्ड आउट गरे । उनले १३ बल खेल्दा कुनैपनि बाउन्ड्री प्रहार गर्न सकेनन् । भुवनेश्वर कुमार १३ र नितिश राणाले ९ रन बनाए ।

श्रीलंकाले खेलमा आठ बलर प्रयोग गरेको थियो । स्पिनर अकिला धनन्जयले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । कप्तान दासुन शनाका, दुश्मन्था चामिरा र स्पिनर वानिन्दु हसरंगाले एक एक विकेट लिए ।

क्रुनाल पान्ड्यालाई मंगलबार कोरोना देखिएपछि भारतका नौं खेलाडी आइसोलेसनमा छन् । हार्दिक पान्ड्या, ईशान किशन, पृथ्वी शा र सूर्यकुमार यादव जस्ता ब्याट्सम्यान नहुँदा भारतको ब्याटिङ निकै कमजोर बनेको छ । भारतले खेलमा पाँच ब्याट्सम्यान र ६ बलर मैदान उतारेको छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.