4 years ago
July 28, 2021
एजेन्सी – श्रीलंकाले दोस्रो टि२० आई खेलमा भारतमाथि ४ विकेटको रोमान्चक जित हात पारेको छ । यो जितसँगै तीन टि२० आई सिरिजमा घरेलु टोली श्रीलंकाले १–१ को बराबरी गरेको छ । जितको लागि १ सय ३३ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

श्रीलंका धनन्जय डि सिल्भा ३४ बलमा १ चौका र १ छक्का सहित ४० रनमा अविजित रहँदै जित पक्का गराए । चामिका करुणारत्ने ६ बलमा १ छक्का सहित १२ रनमा अविजित रहे । श्रीलंकालाई अन्तिम ओभरमा जितको लागि ८ रनको चाहिँएको थियो ।
डेब्यू खेल खेलेका युवा तीव्र गतिका बलर चेतन सकारियाले पहिलो बलमा एक रन खर्चिदा त्यसपछि दुई वाइड फालेका थिए । धनन्जयले दोस्रो बलमा थप दुई रन बटुलेपछि श्रीलंका जित सहज बनेको थियो । तेस्रो बलमा पनि दुई रन बटुले । चौथो बलमा एक रन बटुल्दै धन्जयले जित पक्का गराए ।
श्रीलंका ओपनर मिनोद भानुकाले ३१ बलमा ४ चौका सहित ३६ रनको योगदान दिए । वानिन्दु हसरंगा १५ र अविष्का फ्रेनान्डो ११ रनमा आउट भए । सदिरा समराविक्रम ८, कप्तान दासुन शनाका ३, रमेश मेन्डिस २ रनमा आउट भए ।
भारतका कुलदीप यादवले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । चेतन सकारिया, भुवनेश्वर कुमार, बरुण चक्रवर्ती र राहुल चाहरले एक एक विकेट लिए ।
त्यसअघि आर प्रेमाडासा स्टेडियम कोलोम्बोमा टस हारेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३२ रन बनाएको थियो । कोरोना कारण प्रमुख नौं खेलाडी आइसोलेसनमा हुँदा भारतले अन्तिम रोजाईको टोली मैदान उतारेको थियो । भारतका कप्तान शिखर धवनले सर्वाधिक ४० रनको योगदान दिए । भारतलाई ओपनर शिखर धवन र ऋतुराज गायकवाडले ७ ओभरमा ४९ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए ।

प्रमुख खेलाडी टोलीमा नहुँदा शिखर दबाबमा थिए । डेब्यू खेल खेलेका ऋतुराजलाई कप्तान दासुन शनाकाले विकेटकिपर मिनोद भानुकाबाट २१ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाए । ऋतुराजले १८ बलमा १ चौका प्रहार गरे । शिखरलाई स्पिनर अकिला धनन्जयले १३ औं ओभरको पहिलो बलमा ४० रनमा बोल्ड आउट गरे । धवनले ४२ बलमा ५ चौका प्रहार गरे ।
१६ औं ओभरको तेस्रो बलमा अर्का डेब्यू खेल खेलेका देवदत्त पाडिक्कल २३ बलमा १ चौका र १ छक्का सहित २९ रनमा बोल्ड आउट भए । उनलाई स्पिनर वानिन्दु हसरंगाले बोल्ड आउट गरेका थिए । अकिलाले सन्जु स्यासनलाई ७ रनमा बोल्ड आउट गरे । उनले १३ बल खेल्दा कुनैपनि बाउन्ड्री प्रहार गर्न सकेनन् । भुवनेश्वर कुमार १३ र नितिश राणाले ९ रन बनाए ।
श्रीलंकाले खेलमा आठ बलर प्रयोग गरेको थियो । स्पिनर अकिला धनन्जयले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । कप्तान दासुन शनाका, दुश्मन्था चामिरा र स्पिनर वानिन्दु हसरंगाले एक एक विकेट लिए । पहिलो खेलमा भारत ३८ रनले विजयी भएको थियो । तेस्रो खेल विहिबार हुने छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]