4 years ago
July 29, 2021
एजेन्सी – भारतले श्रीलंकासँग अन्तिम तथा तेस्रो टि२० आई खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । आर प्रेमाडासा स्टेडियम कोलोम्बोमा भारतका कप्तान शिखर धवनले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

भारतले टोलीमा एक परिवर्तन गरेको छ । घाइते नवदीप सैनीको स्थानमा तीव्र गतिका बलर सन्दीप वारियरले टि२० आईमा डेब्यू गरेका छन् । सन्दीप नेट बलरको रुपमा श्रीलंका गएका थिए । स्पिनर क्रुनाल पान्ड्यालाई कोरोना पोजेटिभ देखिएपछि नेट बलरको रुपमा गएका पाँच खेलाडीलाई भारतले १५ सदस्य टोलीमा समेटेको छ । तामिल नाइडुका सन्दीपले कोलकाता नाइट राइडर्सबाट आइपिएल खेल्ने गर्दछन् । दोस्रो खेलमा चार खेलाडीलाई भारतले डेब्यू दिएको थियो ।
श्रीलंकाले टोलीमा एक परिवर्तन गरेको छ । ईसुरु उडाना पनि चोटका कारण बाहिरिएका छन् । पाथुम निसंकाले उनसको स्थान लिएका छन् । भारतको प्लेइङ ११ मा पाँच प्रमुख ब्याट्सम्यान र ६ बलर छन् । तीन टि२० आई सिरिज १–१ को बराबरी अवस्थामा छ । आज खेल जित्ने टोलीले सिरिज पनि जित्ने छ । भारत पहिलो खेलमा ३८ रनले विजयी हुँदा दोस्रो खेलमा ४ विकेटले पराजित भएको थियो ।
भारतको प्लेइङ ११ : शिखर धवन (कप्तान), ऋतुराज गायकवाड, देवदत्त पाडिक्कल, सन्जु स्यामसन(विकेटकिपर), नितिश राणा, भुवनेश्वर कुमार, कुलदीप यादव, राहुल चाहर, सन्दीप वारियर, चेतन सकारिया र बरुणचक्रवर्ती ।
श्रीलंका प्लेइङ ११ : अविष्का फ्रेनान्डो, मिनोद भानुका ९विकेटकिपर०, धनन्जय डि सिल्भा, सदिरा समाराविक्रम , दासुन शनाका ९कप्तान०, रमेश मेन्डिस, वानिन्दु हसरंगा, चामिका करुणारत्ने, पाथुम निसंका, अकिला धनन्जय र दुश्मन्था चामिरा ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]