default_image

4 years ago

July 29, 2021

भारतमाथि उत्कृष्ट जितसँगै श्रीलंकालाई सिरिज

192 views

0 Bookmark

एजेन्सी – श्रीलंकाले भारतसँगको तीन टि२० आई सिरिज २–१ ले जितेको छ । तेस्रो तथा अन्तिम टि२० आई खेलमा भारतलाई ७ विकेटले पराजित गर्दै श्रीलंकाले सिरिज जित्न सफल भएको हो ।

जितको लागि ८२ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १४.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंका धनन्जय डि सिल्भा २० बलमा २ चौका सहित २३ रनमा अविजित रहे । वानिन्दु हसरंगा ९ बलमा १ चौका सहित १४ रनमा अविजित रहे ।

ओपनर अविष्का फ्रेनान्डोलाई स्पिनर राहुल चाहरले १२ रनमा कट एण्ड बोल्ड आउट गरे । मिनोद भानुकालाई चाहरले १८ रनमा एलबिडब्लू आउट गरे । मिनोदले २७ बलमा १ चौका प्रहार गरे । सदिरा समराविक्रमलाई चाहरलेनै ६ रनमा बोल्ड आउट गरे ।

भारतका स्पिनर राहुल चाहरले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । अन्य बलरले विकेट लिन सकेनन् ।

त्यसअघि आर प्रेमाडासा स्टेडियम कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ थालेको भारत निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८१ रन बनाएको थियो । भारतका कुलदीप यादवले सर्वाधिक २८ बलमा २३ र तीव्र गतिका बलर भुवनेश्वर कुमारले ३२ बलमा १६ रन जोडेका थिए । भारतको यो टि२० आई इतिहासको तेस्रो कम योगफल हो । भारतको टि२० आईमा सर्वाधिक कम योगफल सन् २००८ मा अष्ट्रेलियाविरुद्ध ७४ रन थियो । २०१६ मा न्युजिल्यान्डविरुद्ध ७९ अल आउट भएको थियो ।

पहिलो ओभरको चौथो बलमा कप्तान शिखर धवन शून्यमा क्याच आउट भएका थिए । धवन तीव्र गतिका बलर दुश्मन्था चामिरा बलमा धनन्जय डि सिल्भाबाट क्याच आउट हुन पुगे । चौथो ओभरको अन्तिम बलमा बायाँ हाते युवा ब्याट्सम्यान देवदत्त पाडिक्कललाई रमेश मेन्डिसले ९ रनमा एलबिडब्लू आउट गरे । पाडिक्कलले १५ बलमा १ चौका प्रहार गरे ।

चार बलपछि विकेटकिपर सन्जु स्यामसनलाई स्पिनर वानिन्दु हसरंगाले शून्यमा एलबिडब्लू आउट गरेपछि भारत संकटमा परेको थियो । वानिन्दुले एक बलपछि ओपनर ऋतुराज गायकवाडलाई १४ रनमा एलबिडब्लू आउट गरेका थिए । ऋतुराजले १० बलमा २ चौका प्रहार गरे ।

कप्तान दासुन शनाकाले नवौं ओभरको अन्तिम बलमा नितिश राणालाई ६ रनमा कट एण्ड बोल्ड आउट गरेपछि भारत ३६–५ को संकट अवस्थामा पुगेको थियो । पाँच ब्याट्सम्यानका साथ मैदान उत्रेको भारत एक समय आफ्नो टि२० आई इतिहासको कम योगफलमा समेटिने डर बढेको थियो । तर कुलदीप र भुवनेश्वर कुमारले त्यो संकट टारेका थिए ।

छैटौं विकेटका लागि भुवनेश्वर कुमार र कुलदीप यादवले ३५ बलमा सर्वाधिक १९ रनको साझेदारी गरेका थिए । राहुल चाहर पाँच र बरुणचक्रबर्ती शून्य मा आउट भए । चेतन सकारिया ५ रनमा अविजित रहे । भारतबाट बाउन्डीको रुपमा चार चौका मात्र प्रहार भएको थियो ।

श्रीलंका स्पिनर वानिन्दु हसरंगा ४ ओभरमा ९ रन खर्चेर ४ विकेट लिए । वानिन्दुको टि२० आई करिअरको उत्कृष्ट प्रदर्शन हो । दासुन शनाकाले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । दुश्मन्था चामिरा र रमेश मेन्डिसले एक एक विकेट लिए । भारत पहिलो खेलमा ३८ रनले विजयी हुँदा दोस्रो खेलमा ४ विकेटले पराजित भएको थियो ।

तीन ओडिआई सिरिज भारतले २-१ ले जितेको थियो । भारतको पहिलो रोजाईको टोली इंग्ल्यान्डमा छ । इंग्ल्यान्डसँगको पाँच टेस्ट सिरिज अन्तर्गत पहिलो खेल खेल चार अगष्टमा सुरु हुने छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.