4 years ago
July 30, 2021
एजेन्सी – श्रीलंका क्रिकेट बोर्डले कुसल मेन्डिस सहित प्रमुख तीन खेलाडीलाई एक वर्षको लागि अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिबन्ध लगाएको छ । अघिल्लो महिना इंग्ल्यान्ड भ्रमणको क्रममा कुसल मेन्डिस, विकेटपिकर निरोशन डिकवेला र ओपनर दनुष्का गुणाथिलका बायो सिक्योर बबल उलंघन गर्दै होटल छाडेर बाहिर गएको कारण एक वर्ष प्रतिबन्धमा परेका हुन् ।

घरेलु क्रिकेटमा भने ६ महिना प्रतिबन्ध लागेको छ । प्रत्येक खेलाडीले १० मिलियन श्रीलंका रुपैयाँ जरिवना समेत तिर्नुपर्ने छ । अघिल्लो महिना यी तीन खेलाडी बायो सिक्योर बबल उलंघन गर्दै होटल बाहिर गएको भिडियो सामाजिक सञ्जालमा बाहिरिएपछि श्रीलंका क्रिकेट बोर्डले निलम्बित गर्दै अनुसन्धान गरि रहेको थियो । विहिबार अनुसन्धान सकिएको थियो । अनुसन्धान समितिले एक वर्ष प्रतिबन्ध र १० मिलियन श्रीलंका रुपैयाँ जरिवना लगाउने निर्णय गरेको हो ।
गुणाथिलकालाई २०१७ मा श्रीलंका क्रिकेट बोर्डले ६ खेल प्रतिबन्ध लगाएको थियो । अभ्यासको समयमा उनी पार्टी गरेका थिए । गतवर्ष मेन्डिस ६४ वर्षिय बृद्धलाई कारले ठक्कर दिएर मृत्यु हुँदा प्रकाउ परेका थिए । श्रीलंका पछिल्लो समय कमजोर प्रदर्शन गर्दै आएको छ । बिहिबार भारतको दोस्रो रोजाईको खेलाडी सम्मिलित टोलीविरुद्ध तीन टि२० सिरिज २-१ ले जितेको थियो । भारतसँग तीन ओडिआई भने २-१ ले गुमाएको थियो ।
कुसल मेन्डिसले श्रीलंकाबाट ४७ टेस्ट, ७९ ओडिआई र २९ टि२० आई खेलेका छन् । डिकवेलाले ४५ टेस्ट, ५३ ओडिआई र २८ टि२० आई खेलेका छन् । गुणाथिलकाले ८ टेस्ट, ४४ ओडिआई र ३० टि२० आई खेलेका छन् । आगमी अक्टोबर १७ देखि टि२० विश्वकप सुरु हुँदै छ । प्रमुख तीन ब्याट्सम्यान टोलीमा नहुँदा श्रीलंकालाई ठूलो असर पर्न सक्छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]