4 years ago
July 31, 2021
एजेन्सी – पाकिस्तानले दोस्रो टि२० आई खेलमा वेस्टइन्डिजलाई १ सय ५८ रनको मध्यम लक्ष्य दिएको छ । प्रोविडेन्स स्टेडियम, गुयानामा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ५७ रन बनायो ।

एक समय १६ ओभरमा १३४–२ को बलियो अवस्थामा रहेको पाकिस्तानले अन्तिम २४ बलमा २३ रन जोड्दै ६ विकेट गुमाएपछि मध्यम योगफलमै समेटिएको हो । वर्षाको कारण १६ औं ओभरपछि केहि समय खेल रोकिएको थियो । त्यसपछि उत्कृष्ट पूनरागमन गर्दै वेस्टइन्डिजले मध्यम लक्ष्य पाएको छ ।
पाकिस्तानका कप्तान बाबर आजमले ४० बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ५१ रनको योगदान दिए । पाकिस्तानलाई ओपनर शर्जिल खान र मोहम्मद हफिजले ४.४ ओभरमा ४६ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए । जेसन होल्डरको बलमा शर्जिल मिडअनमा अकिल हुसैनबाट २० रनमा क्याच आउट हुन पुगे ।

शर्जिले १६ बलमा २ चौका र १ छक्का प्रहार गरे । रिजवान १५ औं ओभरको दोस्रो बलमा ४६ रनमा रन आउट हुन पुगे । दुई रन लिनेक्रममा नन स्ट्राइकरेटको स्टम्प ईविन लेविसले मिडअनबाट डाइरेक्ट स्टम्प ताकेपछि रिजवान अर्धशतक बनाउन चुकेका थिए । रिजवानले ३६ बलमा समान २ चौका र २ छक्का प्रहार गरे ।
दोस्रो विकेटका लागि बाबर र रिजवानले ५८ बलमा ६७ रनको साझेदारी गरेका थिए । होल्डरको बलमा बाबर एज लागेर विकेटकिपर निकोलस पुरनबाट समातिन पुगेका थिए । वेस्टइन्डिजले रिभ्यु लिदै पाकिस्तान कप्तानलाई पेभिलिएन फर्काएको थियो ।
ड्वने ब्राभोको १८ औं ओभरको अन्तिम दुई बलमा मोहम्मद हफिज ६ र फखर जमान १५ रनमा हेडेन वाल्श जुनियरबाट क्याच आउट हुन पुगेका थिए । होल्डरको १९ औं ओभरको चौथो बलमा हसन अली शून्य र पाँचौ बलमा सहिब मकसुद ५ रनमा क्याच आउट भएका थिए ।
मध्यगतिका बलर जेसन होल्डरले ४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए । ड्वेन ब्राभोले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]