default_image

4 years ago

August 1, 2021

हफिजको उत्कृष्ट बलिङमा वेस्टइन्डिजमाथि पाकिस्तानको जित

132 views

0 Bookmark

एजेन्सी – कप्तान बाबर आजमको अर्धशतक र मोहम्मद हफिजको कसिलो बलिङको सहयोगमा पाकिस्तानले दोस्रो टि२० आई खेलमा घरेलु टोली वेस्टइन्डिजलाई ७ रनले पराजित गरेको छ । योसँगै चार टि२० आई खेलको सिरिजमा पाकिस्तानले १–० को अग्रता लिएको छ । पहिलो खेल वर्षाको कारण नजिता विहिन बनेको थियो ।

जितको लागि १ सय ५८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५० रन बनायो । वेस्टइन्डिजका विकेटकिपर तथा उपकप्तान निकोलस पुरनले ३३ बलमा ४ चौका र ६ छक्का सहित सर्वाधिक ६२ रनको अविजित उत्कृष्ट इनिङ खेलेपनि जितको लागि पर्याप्त भने हुन सकेन ।

वेस्टइन्डिजलाई अन्तिम ओभरमा जितको लागि २० रन आवश्यक परेको थियो । पहिलो बलमा शाहिन अफ्रिदीले काइरन पोलार्डलाई दुई रन दिएपनि दोस्रो बलमा मोहम्मद वासिम जुनियरबाट १३ रनमा क्याच आउट गराएका थिए । तेस्रो र चौथो बलमा पुरनले कुनै रन नजोड्दा पाकिस्तानको जित पक्का बनेको थियो । पूरनले पाँचौ बलमा चौका र अन्तिम बलमा छक्का प्रहार गरेपनि जितको लागि पर्याप्त हुन सकेन ।


स्पिनर मोहम्मद हफिजले पहिलो ओभरको दोस्रो बलमा ओपनर आन्द्रे फ्लेचरलाई शून्यमा बोल्ड आउट गरेका थिए । छैटौं ओभरको अन्तिम बलमा हसन अलीले क्रिस गेललाई १६ रनमा बोल्ड आउट गरे । गेलले २० बलमा १ छक्का प्रहार गरे । तीव्र गतिका बलर मोहम्मद वासिम जुनियरले शिम्रन हेटमायरलाई १७ रनमा बोल्ड आउट गरेका थिए । हेटमायरले १८ बलमा १ चौका प्रहार गरे । ओपनर ईभिन लुइस ३३ बलमा २ चौका र २ छक्का सहित ३५ रनमा रिटायर्ट आउट भएका थिए ।

पाकिस्तानका मोहम्मद हफिजले ४ ओभरमा १ मेडन सहित ६ रन खर्चेर १ विकेट लिए । हफिजले १९ बल डट राखेका थिए । तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी, हसन अली र मोहम्मद वासिम जुनियरले एक एक विकेट लिए ।

त्यसअघि प्रोविडेन्स स्टेडियम, गुयानामा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ५७ रन बनाएको थियो । एक समय १६ ओभरमा १३४–२ को बलियो अवस्थामा रहेको पाकिस्तानले अन्तिम २४ बलमा २३ रन जोड्दै ६ विकेट गुमाएपछि मध्यम योगफलमै समेटिएको थियो । वर्षाको कारण १६ औं ओभरपछि केहि समय खेल रोकिएको थियो । त्यसपछि वेस्टइन्डिजले उत्कृष्ट पूनरागमन गरेको थियो ।

पाकिस्तानका कप्तान बाबर आजमले ४० बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ५१ रनको योगदान दिए । पाकिस्तानलाई ओपनर शर्जिल खान र मोहम्मद हफिजले ४.४ ओभरमा ४६ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए । जेसन होल्डरको बलमा शर्जिल मिडअनमा अकिल हुसैनबाट २० रनमा क्याच आउट हुन पुगे ।

शर्जिले १६ बलमा २ चौका र १ छक्का प्रहार गरे । रिजवान १५ औं ओभरको दोस्रो बलमा ४६ रनमा रन आउट हुन पुगे । दुई रन लिनेक्रममा नन स्ट्राइकरेटको स्टम्प ईविन लेविसले मिडअनबाट डाइरेक्ट स्टम्प ताकेपछि रिजवान अर्धशतक बनाउन चुकेका थिए । रिजवानले ३६ बलमा समान २ चौका र २ छक्का प्रहार गरे ।

दोस्रो विकेटका लागि बाबर र रिजवानले ५८ बलमा ६७ रनको साझेदारी गरेका थिए । होल्डरको बलमा बाबर एज लागेर विकेटकिपर निकोलस पुरनबाट समातिन पुगेका थिए । वेस्टइन्डिजले रिभ्यु लिदै पाकिस्तान कप्तानलाई पेभिलिएन फर्काएको थियो ।

ड्वने ब्राभोको १८ औं ओभरको अन्तिम दुई बलमा मोहम्मद हफिज ६ र फखर जमान १५ रनमा हेडेन वाल्श जुनियरबाट क्याच आउट हुन पुगेका थिए । होल्डरको १९ औं ओभरको चौथो बलमा हसन अली शून्य र पाँचौ बलमा सहिब मकसुद ५ रनमा क्याच आउट भएका थिए ।

मध्यगतिका बलर जेसन होल्डरले ४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए । ड्वेन ब्राभोले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । तेस्रो खेल आइतबार राती हुने छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.