4 years ago
August 1, 2021
एजेन्सी – पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानले टि२० आई क्रिकेटमा नयाँ विश्व कीर्तिमान बनाएका छन् । शनिवार राती रिजवानले वेस्टइन्डिजविरुद्ध दोस्रो टि२० आई खेलमा ४६ रन बनाउनेक्रममा नयाँ विश्व कीर्तिमान कायम गरेका हुन् ।

रिजवान टि२० आई क्रिकेटमा एकै वर्षमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका रिजवान ७ महिनामै टि२० आई इतिहासमा एकै वर्षमा सर्वाधिक रन बनाउने खेलाडी बनेका हुन् । रिजवानले १५ खेलको १४ इनिङमा ब्याटिङ गर्दै कुल ७ सय ५२ रन बनाई सकेका छन् । ६ पटक अविजित रहँदा १ शतक र ७ अर्धशतक सामेल छ । कुल ५ सय ३७ बल खेल्दा उनको स्ट्राइकरेट १ सय ४०, ६५ चौका र २५ छक्का प्रहार गरेका छन् ।
यसअघि टि२० आई इतिहासमा एकै वर्षमा सर्वाधिक रन बनाउने कीर्तिमान आयरल्यान्डका पल स्टर्लिङको नाममा थियो । स्टर्लिङले २०१९ मा २० खेलमा ७ सय ४८ रन बनाएका थिए । तेस्रो स्थानमा आयरल्यान्डकै केभिन ओ ब्रायनले २०१९ मा २३ खेल खेल्दै कुल ७ सय २९ रन जोडेका थिए ।

रिजवान र कप्तान बाबर आजमको उत्कृष्ट ब्याटिङमा पाकिस्तानले टि२० क्रिकेटमा उच्च प्रदर्शन गर्दै आएको छ । पाकिस्तानलाई मध्यक्रम र तल्लोक्रम ब्याटिङ भने चिन्ताको विषय बन्दै आएको छ । आगमी अक्टोबर नोभेम्बरमा हुने टि२० विश्वकपमा पाकिस्तानलाई पनि उपाधिको दाबेदार मानिएको छ । पाकिस्तानले दोस्रो टि२० खेलमा वेस्टइन्डिजलाई ७ रनले पराजित गरेको थियो । तेस्रो खेल आज राती हुँदै छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]