default_image

4 years ago

August 4, 2021

शतकको खडेरीमा कोहलीको नजर

231 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान तथा वर्तमान समयका विश्व क्रिकेटका एक उत्कृष्ट ब्याट्सम्यान विराट कोहली झण्डै दुई वर्षदेखि शतक विहिन छन् ।

भारतले अहिले इंग्ल्यान्ड भ्रमणको तयारी गरिरहेको छ । आइसिसी विश्व टेस्ट च्याम्पियनसिप फाइनलमा अघिल्लो महिना न्युजिल्यान्डसँग ८ विकेटले पराजित हुँदै भारत ऐतिहासिक उपाधि जित्नबाट चुकेको थियो । कोहलीको कप्तानीमा भारतले हालसम्म आइसिसी ट्रफी जित्न सकेको छैन । भारत र इंग्ल्यान्डबीचको पाँच टेस्ट सिरिज अन्तर्गत पहिलो खेल बुधबारबाट नोटिङ्घममा सुरु हुँदैछ ।

इंग्ल्यान्डविरुद्ध सिरिजमा भारतीय कप्तान विराट कोहलीको सोच शतकको खडेरी तोड्ने हुनेछ । भारतलाई जितको लागि कोहलीको उत्कृष्ट प्रदर्शन निकै आवश्यक पनि देखिन्छ । कोहलीले टेस्टमा पछिल्लो पटक २०१९ नोभेम्बर २२ मा कोलकातामा बंगलादेशविरुद्ध १ सय ३६ रनको शतकीय इनिङ खेलेका थिए ।

त्यसपछि कोहलीले टेस्टमा शतक प्रहार गर्न सकेका छैनन् । अर्थात कोहली २० महिनायता देखि टेस्टमा शतक विहिन छन् । कोहलीलाई शतकमा खडेरीनै लागेको छ । कोहलीले ओडिआईमा शतक प्रहार नगरेको दुई वर्ष पुगिसकेको छ ।

पछिल्लो पटक कोहलीले २०१९ अगष्ट तेस्रो साता वेस्टइन्डिजविरुद्ध शतकीय इनिङ खेलेका थिए । त्यसयता कोहली ओडिआईमा शतक विहिन छन् । टि२० आई क्रिकेटमा कोहलीले हालसम्म शतक प्रहार गर्न सकेका छैनन् । इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान कोहलीले पछिल्लो पटक २०१९ मा कोलकता नाइट राइडर्सविरुद्ध शतक प्रहार गरेका थिए ।

टेस्टमा पछिल्लो समय कोहलीको प्रर्दशन त्यति राम्रो पनि छैन । पछिल्ला पाँच टेस्ट खेलमा दुई इनिङमा शून्यमा आउट भएका छन् । उनको पछिल्लो पाँच टेस्ट खेलको प्रदर्शन क्रमशः १३, ४४, ०, २७, ०,६२, ७२ र ११ छ । २०१९ मा बंगलादेशविरुद्ध उक्त शतकपछि कोहलीले ८ टेस्ट खेल खेलेका छन् । जसमा उत्कृष्ट प्रदर्शन गत डिसेम्बरमा अष्ट्रेलियाविरुद्ध ७४ रन छ । कोहलीले टि२० आईमा भने हालसम्म शतक प्रहार गर्न सकेका छैनन् ।

कोहलीलाई इंग्ल्यान्डविरुद्ध जेम्स एन्डरसन र स्टुअर्ट ब्रोड जस्ता विश्वस्तरिय बलरसामू शतकको लागि सहज भने देखिदैन । इंग्ल्यान्ड घरेलु मैदानमा उत्कृष्ट प्रदर्शनका साथ आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२१/२३ मा सानदार सुरुवात गर्न चाहन्छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.