4 years ago
August 2, 2021
एजेन्सी – बंगलादेशविरुद्ध पाँच टि२० आई सिरिजमा अष्ट्रेलिया कप्तानी विकेटकिपर ब्याट्सम्यान म्याथ्यु वेडले गर्ने भएका छन् । नियमित कप्तान आरोन फिन्च चोटका कारण टोलीमा उपलब्ध नहुँदा उपकप्तान वेडले टि२० आई कप्तानी जिम्मेवारी पाएका हुन् ।

फिन्च दुई साता अघि वेस्टइन्डिजसँगको पाँच टि२० आई सिरिजको क्रममा घाइते हुन पुगेका थिए । नियमित उपकप्तान प्याट कमिन्सलाई विश्राम दिएको थियो । जसको कारण वेस्टइन्डिजसँगको तीन ओडिआईमा सिरिजमा विकेटकिपर एलेक्स केरीले कप्तानी निर्वाह गरेका थिए । केरी ओडिआई टोलीका उपकप्तान थिए ।
म्याथ्यु वेड टि२० आई टोलीको उपकप्तान हुँदा कप्तानी जिम्मेवारी पाएका हुन् । वेड अष्ट्रेलिया ११ औं टि२० आई कप्तान बन्ने छन् । वेडले घरेलु क्रिकेटमा भने लगातार कप्तानी गर्दै आएका छन् । बिग ब्यासमा वेडले होबर्ट हरिकेन्सबाट कप्तानी गर्ने गर्दछन् । भिक्टोरिया र तास्मनियाबाट घरेलु क्रिकेटमा कप्तानी गर्ने गर्दछन् ।

बंगलादेश र अष्ट्रेलियाबीचको पहिलो टि२० आई खेल मंगलबार हुने छ । दोस्रो खेल बुधबार, तेस्रो खेल शुक्रबार, चौथो खेल शनिबार र पाँचौं तथा अन्तिम खेल सोमबार हुने छ । सबै खेल बंगलादेशको शेर इ बंगला नेशनल स्टेडियम ढाकामा सुरु हुने छ । आगमी अक्टोबर नोभेम्बरमा यूएई र ओमानमा हुने टि२० विश्वकपको लागि यस सिरिज दुबै टोलीलाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ ।
अष्ट्रेलिया प्रमुख खेलाडी स्टिभ स्मिथ, फिन्च, डेविड वार्नर, मार्कस स्टोइनिस, ग्लेन म्याक्सवेल र प्याट कमिन्स लगायतका प्रमुख खेलाडी नहुँदा केहि दबाबमा देखिन्छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]