4 years ago
August 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले चौथो संस्करणको एभरेष्ट प्रिमिय लिग (इपिएल) काठमाडौं किंग्स–११ को कप्तानी गर्ने भएका छन् । काठमाडौंले सोमबार सन्दीपले कप्तानी गर्ने सार्वजनिक गरेको छ ।

सन्दीपको २१ औं जन्मदिनको अवसरमा काठमाडौंले कप्तान कप्तानमा नियुक्त गर्दै सार्वजनिक गरेको छ । सन्दीपसँगै काठमाडौंमा कप्तानीको दाबेदारमा नेपाली क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी पनि रहेका थिए । यसअघि कप्तान सोमपाल कामीलाई चितवन टाइगर्सलाई बेचेपछि उक्त पद खाली हुँदै आएको थियो । गतवर्ष काठमाडौंले खेलाडी ट्रेड मार्फत सोमपाल कामीलाई चितवन बेचेको थियो । चितवनका दीपेन्द्रसिंह ऐरीलाई टोलीमा भित्र्याएको थियो ।
सन्दीपले २०१८ मा ललितपुरबाट सुरुवाती २ खेल खेलेका थिए । त्यसपछि बिग ब्यास लिगका कारण दुई खेलपछि अष्ट्रेलिया लागेका थिए । त्यसपछि सन्दीपले नेपाली फ्रेन्चाइज लिग खेलेका छैनन् । फागुनमा भएको काठमाडौं मेयर कपमा सन्दीपले काठमाडौं मेयर-११ को कप्तानी गरेका थिए । सन्दीपले फ्रेन्चाइज लिगमा दोस्रो पटक कप्तानी गर्न लागेका हुन् । यसअघि २०१८ मा पहिलो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) मा विराटनगर टाइटन्सको कप्तानी गरेका थिए । सन्दीपले नेपाली यू१९ को पनि कप्तानी गरि सकेका छन् ।

काठमाडौं किंग्स–११ ले विदेशी खेलाडीको रुपमा पाकिस्तानका पूर्व स्टार अलराउन्डर शाहिद अफ्रिदीलाई विदेशी खेलाडीको रुपमा सार्वजनिक गरि सकेको छ । काठमाडौंमा सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, जितेन्द्र कुमार मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, मोहम्मद साम्सद शेख, अमर सिंह राउटेला, सुवास खकुरेल, आकाश चन्द, अमृत भट्टाई, शेर मल्ल, सागर पुन र दीपेन्द्र रावत लगायतका खेलाडी छन् । चौथो संस्करणको इपिएल आगमी असोज ९ देखि २३ सम्म टियु मैदानमा हुने कार्यक्रम छ ।
काठमाडौंले मुख्य प्रशिक्षकको लागि खुल्ला आवेदन पनि माग गरिसकेको छ । यसअघि २०१८ को संस्करणमा काठमाडौंको मुख्य प्रशिक्षकमा विनोद दास थिए । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान समेत रहेका विनोद गत पुषमा नेपाल क्रिकेट संघ (क्यान) को म्यानेजर पदमा नियुक्त भएपछि मुख्य प्रशिक्षक पद खाली छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]