default_image

4 years ago

August 3, 2021

पूर्वकप्तान पारस खड्काद्वारा सन्न्यास घोषणा

387 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा इतिहासकै सर्वाधिक सफल खेलाडी पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका छन् ।

पारसले सामाजिक संजालमा संदेश राख्दै आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका हुन् । सन् २००४ मा अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट डेब्यु गरेका पारसले लामो समय कप्तानी पनि सम्हालेका थिए । उनकै कप्तानीमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकप खेल्नेदेखि ओडीआई मान्यतासम्म प्राप्त गरेको थियो ।

नेपालका लागि झन्डै १७ वर्ष अन्तर्राष्ट्रिय क्रिकेट खेलेका उनले सफल अलराउन्डरको रुपमा आफूलाई स्थापित गरे । एसोसिएट क्रिकेटकै स्टारका रुपमा रहेका पारसले पछिल्लो समय विदेशी फ्रेन्चाइज लिगमा पनि खेलेका थिए । घरेलु क्रिकेटमा पनि सफल कप्तानका रुपमा दरिएका उनले स्थानीय स्तरमा भने खेल्ने खेल्ने संकेत दिएका छन् ।

पारसले नेपालबाट पछिल्लो पटक गत वर्ष फागुनमा थाईल्यान्डमा भएको एसिसी इस्टर्न रिजन टि२० प्रतियोगिता खेलेका थिए । पारसले गत वैशाखमा घरेलु मैदानमा भएको नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टि२० आई सिरिज भने चोटका कारण खेलेका थिएनन् । नेपालका लागि यू१५, यू१७, यू१९ हुँदै २००४ मा पारसले मलेसियाविरुद्ध डेब्यू गरेका थिए ।

पारसले सन् २००९ देखि २०१९ सम्म नेपाली क्रिकेट टोलीको कप्तानी गरेका थिए । पारस नेपाली क्रिकेटका सर्वाधिक सफलक कप्तान हुन् । उनको कप्तानीमा नेपालले पहिलो पटक २०१४ टि२० विश्वकप खेलेको थियो । २०१८ मा पहिलो पटक ऐतिहासिक ओडिआई मान्यता पाएको थियो । पारसले नेपाललाई पहिलो पटक २०१० मा डिभिजन पाँचको उपाधि जिताएका थिए । उनको कप्तानीमा नेपालले डिभिजन ५ देखि ३ सम्म उपाधि जितेको छ ।

पारस कप्तानसँगै सर्वाधिक सफल खेलाडी पनि हुन् । ओडिआई र टि२० आई दुबैमा नेपालबाट पहिलो शतक प्रहार गर्ने खेलाडी हुन् । ओडिआईमा २०१९ मा यूएई र त्यसैवर्ष सिंगापुरविरुद्ध टि२० आईमा शतक प्रहार गरेका थिए । पारसले नेपालबाट १० ओडिआई, ३३ टि२० आई, २ प्रथम श्रेणी, ४४ लिष्ट ए र ५६ टि२० क्रिकेट खेलेका छन् । पारसले २०१९ मा नेपाली टोलीको कप्तानी छाडेका थिए ।

संयोगवश पारसले पहिलो ओडिआई खेल जितेकै दिन सन्न्यास लिएका हुन् । २०१८ मा पारस तीन अगष्टमै नेदरल्यान्ड्सलाई एक रनले हराउँदै ऐतिहासिक ओडिआई खेल जिताएका थिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.