4 years ago
August 3, 2021
एजेन्सी – अष्ट्रेलिया बंगलादेशसँगको पहिलो टि२० खेलमा २३ रनले स्तब्ध भएको छ । योसँगै घरेलु टोली बंगलादेशले पाँच टि२० आई सिरिजमा १–० को अग्रता लिएको छ ।

जितको लागि १ सय ३२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया निर्धारित २० ओभरमा अल आउट हुँदै १ सय ८ रनमा समेटियो । अष्ट्रेलिया मध्यक्रमका ब्याट्सम्यान मिचेल मार्शले ४५ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ४५ रनको योगदान दिए । कप्तान म्याथ्यु वेडले २३ बलमा १३ रन जोडे । मिचेल स्टार्कले १४ बलमा १ चौका सहित १४ रन बनाए ।
अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । खराब ब्याटिङ गर्नेक्रममा अष्ट्रेलिया ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । तीन खेलाडी शून्यमा आउट भएका थिए । ओपनर जोश फिलिपे ९, मोइजेस हेनरिक्स १, एश्टन अगर ७, एश्टन टर्नर ८, एलेक्स केरी, एडम जाम्पा र एन्ड्रयू टाई शून्यमा आउट भए ।
बंगलादेशका स्पिनर नासुम अहमेदले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए । तीव्र गतिका बलर मुस्ताफिजुर रहमान र शोरिफुल ईस्लामले २–२ विकेट लिए । सकिब अल हसन र माहेदी हसनले एक एक विकेट लिए ।

त्यसअघि शेरे बंगला राष्ट्रिय स्टेडियम मिरपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३१ रन बनाएको थियो । बंगलादेशका सकिब अल हसनले ३३ बलमा ३ चौका सहित सर्वाधिक ३६ रनको योगदान दिए । ओपनर मोहम्मद नईम २९ बलमा २ चौका र २ छक्का सहित ३० रनमा एडम जाम्पाको बलमा बोल्ड आउट भए ।
कप्तान महमुदूल्लाह रियाद २०, अफिफ हुसैन २३, सौम्य सरकार २, नुरुल हसन ३, शमिम हुसैन ४ रनमा आउट भए । अष्ट्रेलिया जोश हेलजवुडले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । मिचेल स्टार्कले ४ ओभरमा ३३ रन खर्चेर २ विकेटलिए । एडम जाम्पा र एन्ड्रयू टाईको नाममा एक एक विकेट रह्यो । दोस्रो खेल मंगलबार हुने छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]