default_image

4 years ago

August 4, 2021

पारसका पाँच अन्तर्राष्ट्रिय शतक

209 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा सर्वाधिक सफल खेलाडी पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । सन् २००४ मा मलेसियाविरुद्ध डेब्यू गर्दै अन्तर्राष्ट्रिय क्रिकेट यात्रालाई अघि बढाएका पारसले नेपालबाट १० ओडिआई, ३३ टि२० आई, २ प्रथम श्रेणी, ४६ लिष्ट ए र ५६ टि२० खेलेका छन् । पारसले २००४ देखि २००८ सम्म लगातार तीन यू१९ विश्वकप खेलेका थिए ।

पारसले २००९ देखि २०१९ सम्म नेपाली क्रिकेट टोलीको कप्तानी गरेका थिए । पारसले आफ्नो कप्तानीमा नेपाली क्रिकेटलाई डिभिजन पाँच देखि ३ सम्म उपाधि जिताए । २०१४ टि२० विश्वकप हुँदै २०१८ ओडिआई मान्यता सम्म दिलाएका थिए । पारस नेपाली क्रिकेट इतिहासकै सर्वाधिक सफल ब्याट्सम्यान हुन् ।

नेपाली ब्याट्सम्यानबाट बिरलै मात्र शतक बन्ने गर्दछ । पारस नेपाली क्रिकेटमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडी हुन् । पारसले अन्तर्राष्ट्रिय स्तरमा ५ शतक प्रहार गरेका छन् । जसमध्य तीन शतक छक्का प्रहार गर्दै पूरा गरेका थिए । पारसले शतक प्रहार गरेका दुई खेलमा भने नेपाल पराजित भएको छ ।

पारस नेपालबाट लिष्ट ए, ओडिआई र टि२० आईमा शतक प्रहार गर्ने एक्लो खेलाडी हुन् । पारसले अन्तर्राष्ट्रिय क्रिकेट जगतमा प्रहार गरेका ती पाँच शतक यस प्रकार छन् ।

५. कुवेतविरुद्ध १ सय ६ रन अविजित, २०१२

Paras Khadka

सन् २०१२ मा युएईमा भएको एसिसी ट्रफी इलिटमा पारसले कुवेतविरुद्ध आफ्नो पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गरेका थिए । आबुधाबीमा टस जितेर ब्याटिङ गर्ने निर्णयलाई सहि सावित गर्दै पारसले १ सय ६ रनको अविजित शतकीय इनिङ खेलेका थिए । पारसले उक्तक्रममा ७७ बलमा ७ चौका र ४ छक्का प्रहार गरेका थिए ।

पारसले ७३ बलमा आफ्नो पहिलो शतक पुरा गरेका थिए । पारसको शतकमा नेपालले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा २ सय ८० रन बनाएको थियो । तर उक्त लक्ष्य कुवेतले २२ बल अगाडीनै ६ विकेटको क्षतिमा पुरा गरेपछि पारसको पहिलो अन्तर्राष्ट्रिय शतक खेर गएको थियो ।

४. नामिबियाविरुद्ध १ सय ३ रन, २०१६

सन् २०१६ मा नेपालले आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप (२०१५–१७) अन्तर्गत नामिबियाविरुद्ध कीर्तिपुर मैदानमा दुई खेल खेलेको थियो । दोस्रो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले मध्यक्रम कमजोर भएपनि सुरुवात र अन्त्य राम्रो गर्दा ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३९ रन बनाएको थियो । कमजोर पक्ष्य ब्याटिङका कारण धेरै समर्थकले नेपालले उक्त लक्ष्य पछ्याउन नसक्ने आकलन गरेका थिए । तर टियु मैदानमा १५ हजार भन्दा बढी समर्थकलाई पारसले निराश हुन दिएनन् ।

पारसले ९४ बलमा ५ चौका र ७ छक्का सहित १ सय ३ रनको शतकीय इनिङको सहयोगमा नेपालले १ बल अघि ७ विकेटको क्षतिमा उक्त लक्ष्य पुरा गरेको थियो । पारसले ४१ औं ओभरको दोस्रो बलमा गेरी स्नीमन छक्का प्रहार गर्दै ८९ बलमा शतक पूरा गरेका थिए ।

३. यूएई विरुद्ध १ सय १२ रन अविजित, २०१८

सन् २०१८ मा नामिबियामा भएको आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन २ को फाइनलमा पारसले युएईविरुद्ध उत्कृष्ट शतक प्रहार गरेपनि टोलीलाई जिताउन भने सकेनन् । युएईले प्रस्तुत गरेको २ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ७० रन बनाउन मात्र सकेको थियो । जसक्रममा पारसले १ सय ३ बलमा ८ छक्का र ३ चौका सहित १ सय १२ रन जोडेका थिए ।

पारसले अन्तिम ओभरमा मोहम्मद नबिदलाई ३ छक्का सहित कुल २० रन जोडेपनि नेपालको हार टार्न सकेनन् । अन्तिम ओभरको तेस्रो बलमा नबिदलाई लङअनमा छक्का प्रहार गर्दै पारसले एक सय बलमा शतक पुरा गरेका थिए । उक्त खेलमा विश्वकप छनोटको सहज समूहमा पर्न नेपालले जानीजानी खेल हारेको आरोप लाग्न पुगेको थियो ।

२. युएईविरुद्ध १ सय १५ रन, २०१९

सन् २०१९ मा युएईसँगको तीन ओडिआई सिरिज अन्तर्गत तेस्रो तथा अन्तिम खेलमा पारसले शतक प्रहार गर्दै कीर्तिमान कायम गरेका थिए । पारसले नेपालको पहिलो ओडिआई शतक प्रहार गर्दा ऐतिहासिक सिरिज जितेको थियो । युएईले प्रस्तुत गरेको २ सय ५५ रनको लक्ष्य पछ्याउने क्रममा पारसले १ सय ९ बलमा १५ चौका र १ छक्का सहित १ सय १५ रनको शतकीय इनिङ खेलेका थिए ।

पारसको शतकको सहयोगमा नेपालले ४ विकेटको जित निकाल्दै तीन ओडिआई सिरिज २–१ ले जितेको थियो । पारसले ९६ बलमा शतक पुरा गरेका थिए । पारसले ३५ औं ओभरको तेस्रो बलमा इमरान हैदरलाई लेग साइडमा चौका प्रहार गर्दै नेपाल र आफ्नो पहिलो ओडिआई शतक पूरा गरेका थिए ।

१. सिंगापुरविरुद्ध १ सय ६ रन अविजित, २०१९

सन् २०१९ मा नेपाल, सिंगापुर र जिम्बावेबीच त्रिकोणात्मक टि२० आई सिरिज भएको थियो । उक्त सिरिजमा नेपालले सिंगापुरसँगको पहिलो खेलमा १ सय ५२ रनको लक्ष्य २४ बल अगाडीनै १ विकेटको क्षतिमा पुरा गरेको थियो । उक्त क्रममा पारसले ५२ बलमा ७ चौका र ९ छक्का सहित १ सय ६ रनको विश्फोटक शतकीय इनिङ खेलेका थिए ।

जुन नेपालको टि२० क्रिकेट इतिहासमा पहिलो अन्तर्राष्ट्रिय शतक पर्दछ । पारसले नेपालको पहिलो टि२० शतक सिंगापुरका कप्तान टिम डेविडलाई १५ औं ओभरको अन्तिम बलमा छक्का प्रहार गर्दै ब्यक्तिगत ४९ बलमा पुरा गरेका थिए । जसक्रममा पारसले टि२० आईमा लक्ष्य पछ्याउँदा शतक प्रहार गर्ने पहिलो कप्तानको कीर्तिमान कायम गरे ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.