default_image

4 years ago

August 4, 2021

‘करिअर त बल्ल सुरु भयाे’

173 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सर्वाधिक सफल खेलाडी तथा पूर्व कप्तान पारस खड्काले आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने सहि समय रहेको बताएका छन् ।

बुधबार एक पत्रकार सम्मेलन गर्दै पारसले आफूले सन्न्यास लिनुको कारण, अवको योजना, अनुभव, जिज्ञासा लगायतको जवाफ दिएका छन् । पारस आफू व्यवस्थापनको रुपमा योगदान दिने योजना रहेको पुन प्रष्ट पारे । उनले यसअघि प्यासनले क्रिकेट खेलिरहेको बताउँदै अब भने करिअर सुरु भएको अभिव्यक्ति दिए ‌।

‘मैले कप्तानी छाड्ने समयमानै खेल छोड्ने वा नखेल्ने सोच आएको थियो । मैले १० वर्ष कप्तानी गर्दा ज्ञानेन्द्र मल्ल उपकप्तान थिए । ज्ञानेन्द्र र टोलीलाई साथ दिनुपर्छ भनेर त्यो बेला छाडिन । लगभग दुई वर्षको समय सकिँदा मैले धेरै पटक सोचे र अव क्रिकेट खेल्दैन भन्ने निर्णय लिएँ’, पारसले भने ।

त्यसैमा उनले थपे, ‘क्रिकेटलेनै मलाई सबथोक दिएको छ । सबै कुरा पाएको छु । यति हुँदाहुँदै पनि सन्न्यासको लागि यो सहि समय हो भनेर निर्णय लिएँ । टोली युवा छ । ओडिआई मान्यता अव दुई वर्ष बाँकी छ । यो दुई वर्ष क्रिकेट विकास गरेर लैजान राम्रो समय हो । अब मेरो भूमिका फरक तरिकाले हुनेछ ।’

‘म क्रिकेटबाट टाढिएको होईन । टाढिने पनि छैन । खाली मेरो भूमिका बदलिने छ । यो निर्णय मैले धेरै पटक सोचेर लिएको हो’, पारसले भने ।

‘परिवार, साथीभाइको साथ र सहयोग बिना त म यहाँ आउने पनि थिएन । तर क्रिकेटको निर्णय भने मैले सधैं आफै सोचेर लिएँ । अरु सबै कुरा साथीभाइ र परिवारले भनेको मानुला तर क्रिकेट म आफ्नै हिसाबले सोचेर निर्णय लिन्छु’, पारसले भने ।

‘मेरो सोच जहिले पनि कसरी क्रिकेट प्रभाव पार्न सकिन्छ भन्ने हो । मैले क्रिकेटरको रुपमा पार्न सक्ने प्रभाव (दिन सक्ने योगदान) यति नै थियो । अन्तर्राष्ट्रिय क्रिकेट छाडेपछि मैले धेरै पटक भनेको छु आगमी दिनमा व्यवस्थापनमा आउने मन छ । मैले गर्दा मात्र नेपाली क्रिकेट यहाँ आइपुगेको होईन । म लगायत धेरै खेलाडीको मिहिनेतले यहाँ सम्म आइपुगेको हो’, पारसले भने ।

कुनै बिदाई खेल बिनानै छाड्ने पहिला देखिकोनै योजना रहेको पारस बताउँछन् । ‘मेरो उमेर ३३ होला तर नेपाली क्रिकेटमा जसरी म लागि रहेको छु मानसिक रुपमा ५० लागिसकें’, पारसले भने । पारस अहिलेका युवा खेलाडीमा धेरै प्रतिभा क्षमता भएको बताउँछन् । टेस्ट मान्यता प्राप्त गर्न पारस धेरै धेरै सुधार गनुपर्ने बताउँछन् । क्रिकेट व्यवस्थापनमा आउन आफूमात्र नभएर एउटा राम्रो टिम चाहिँने पारस बताउँछन् ।

पारसले सन्न्यास लिन भन्दापनि खेल्दा गाह्रो भएको बताए । ‘खेलमा अव हार्यो भने के हुन्छ भन्ने डर हुन्थ्यो । एक खेलाडीको रुपमा सबै सम्मान पाएको छु । अवका दिनमा धेरै अवसर छन् । राम्रो खेलाडी भयो भन्दैमा राम्रो व्यवस्थापक हुन्छ भन्ने पनि हुँदैन । मेरो सोच र लक्ष्य चारैतिर नेपाली क्रिकेट फैलियोस् र प्रतियोगिता हुन् भन्ने हो’, उनले पत्रकार सम्मेलन गर्दै भने ।

पारसले अगष्ट तीनमा सन्न्यास पहिलो ओडिआई जित पनि एक कारण पनि रहेको बताएका छन् । पारसले आफूले आगमी दिनमा घरेलु क्रिकेट खेल्ने इच्छा भने रहेको बताएका छन् । पारसको अबको सोच क्रिकेट एकेडेमी सञ्चालन गर्ने छ । ‘एक दुई महिनापछि क्रिकेट एकेडेमी लन्च (सार्वजनिक) गर्ने छु । त्यसलाई नेपालभर लगेर जाने योजना छ’, पारसले भने ।

सन् २००४ मा मलेसियाविरुद्ध नेपाली सिनयिर टोलीका लागि डेब्यू गरेका पारसले मंगलबार सन्न्यास लिएका हुन् । पारसले २००९ देखि २०१९ सम्म नेपाली क्रिकेट टोलीको कप्तानी गरेका थिए । पारसको कप्तानीमा नेपालले ऐतिहासिक टि२० विश्वकप, ओडिआई मान्यता, ओडिआई र टि२० आई सिरिज, डिभिजन फाइभ देखि थ्री सम्मको उपाधि जितेको थियो । समग्रमा पारस नेपाली क्रिकेटका सर्वाधिक सफल क्रिकेटर हुन् ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.