4 years ago
August 4, 2021
एजेन्सी – बंगलादेशले दोस्रो टि२० खेलमा अष्ट्रेलियालाई ५ विकेटले पराजित गरेको छ । लगातार दोस्रो जित निकालेको घरेलु टोली बंगलादेशले पाँच टि२० आई सिरिजमा २–० को अग्रता लिएको छ ।

जितको लागि १ सय २२ रनको सामान्य लक्ष्य विजयी लक्ष्य पछ्याएको बंगलादेशले १८.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । बंगलादेशका युवा ब्याट्सम्यान अफिफ हुसैन ३१ बलमा ५ चौका र १ छक्का सहित सर्वाधिक ३७ रनमा अविजित रहे । विकेटकिपर नुरुल हसन २१ बलमा ३ चौका सहित २२ रनमा अविजित रहे । छैटौं विकेटका लागि अफिफ र नुरुलले ५६ रनको अविजित साझेदारी गरेका थिए ।
माहेदी हसन २४ बलमा १ छक्का सहित २३ रनमा आउट भए । सकिब अल हसन १७ बलमा ४ चौका सहित २६ रनमा आउट भए । अष्ट्रेलिया मिचेल स्टार्क, जोश हेजलवुड, एश्टन अगर, एडम जाम्पा र एन्ड्रयू टाइले एक एक विकेट लिए ।
त्यसअघि शेरे बंगला राष्ट्रिय स्टेडियम ढाकामा टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २१ रन बनाएको थियो । अष्ट्रेलिया मिचेल मार्शले आफ्नो लयलाई निरन्तरता दिँदै ४२ बलमा ५ चौका सहित सर्वाधिक ४५ रनको योगदान दिए । मोइजेस हेनसिक्स २५ बलमा ३ चौका र १ छक्का सहित सर्वाधिक ३० रनको योगदान दिए । तेस्रो विकेटका लागि मार्श र हेनरिक्सले ५२ बलमा ५७ रनको साझेदारी गरेका थिए । अन्य ब्याट्सम्यान चल्न सकेनन् ।
ओपनर जोश फिलिपे १० र एलेक्स केरी ११ रनमा आउट भए । कप्तान म्याथ्यु वेड ४, एश्टन टर्नर ३ रनमा आउट हुँदा मिचेल स्टार्क १३ रनमा अविजित रहे । बंगलादेशका युवा तीव्र गतिका बलर मुस्ताफिजुर रहमानले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । शोरिफुल ईस्लामले २, सकिब अल हसन र माहेदी हसनले एक एक विकेट लिए ।
पहिलो खेलमा बंगलादेश २३ रनले विजयी भएको थियो । तेस्रो खेल शुक्रबार हुने छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]