default_image

4 years ago

August 5, 2021

न्युजिल्यान्डले १८ वर्षपछि पाकिस्तान भ्रमण गर्ने

197 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्डले १८ वर्षपछि पाकिस्तान भ्रमण गर्ने भएको छ । पाकिस्तान क्रिकेट बोर्डले न्युजिल्यान्ड आगमी सेप्टेम्बर अक्टोबरमा तीन ओडिआई र पाँच टि२० आईको लागि भ्रमण गर्ने जनाएको छ । टि२० विश्वकप तयारीको रुपमा न्युजिल्यान्डले पाकिस्तानसँग पाँच टि२० आई खेल्न लागेको हो ।

पहिलो ओडिआई खेल १७ सेप्टेम्बरमा सुरु हुने छ । सबै ओडिआई खेल पाकिस्तानको रावलपिन्डीमा हुने छन् । सबै टि२० आई खेल लाहोरमा हुने छन् । न्युजिल्यान्डले पछिल्लो पटक सन् २००३ नोभोम्बरमा पाकिस्तान भ्रमण गरेको हो । २००९ मा लाहोरमा श्रीलंका टोली चडेको बसमा आतन्ककारीले बम आक्रामण गरेपछि पाकिस्तानले यूएईलाई आफ्नो घरेलु मैदान बनाउँदै आएको थियो । तर पछिल्लो समय भने पाकिस्तानमा घरेलु र अन्तर्राष्ट्रिय क्रिकेट फर्कि सकेको छ । पछिल्ला समय ठूला टोलीले पनि पाकिस्तान भ्रमण गरि रहेका छन् ।

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को बाँकी खेल सेप्टेम्बर १९ देखि १५ अक्टोबरसम्म हुने छ । टि२० विश्वकप १७ अक्टोबर देखि नोभेम्बर १४ सम्म चल्ने छ । आइपिएलको कारण न्युजिल्यान्डका प्रमुख खेलाडी पाकिस्तान भ्रमण गर्ने सम्भावना कम छ । केन विलियम्सन सनराइजर्स हैदराबादका कप्तान हुन् । ट्रेन्ट बोल्ट र जिमी निसम मुम्बई इन्डियन्समा छन् । काईल जेमिसन रोयल च्यालेन्जर्स बेंगलोरका प्रमुख सदस्य हुन् । यस सिरिज टि२० विश्वकप खेलाडी छनोटको लागि निर्णायक बन्ने छ ।


न्युजिल्यान्ड र पाकिस्तानबीचको पहिलो ओडिआई १७ सेप्टेम्बर, दोस्रो १९ सेप्टेम्बर र तेस्रो २१ सेप्टेम्बरमा हुने छ । पाकिस्तान र न्युजिल्यान्ड बीचको पहिलो टि२० आई २५ र दोस्रो २६ सेप्टेम्बरमा हुने छन् । तेस्रो २९ सेप्टेम्बर, चौथो अक्टोबर एक र पाँचौ अक्टोबर तीनमा हुने कार्यतालिका छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.