default_image

4 years ago

August 5, 2021

नेपालले पिएनजीसँग ओडिआई सिरीज खेल्ने तयारी

198 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले पुपुवा न्यु गिनी (पिएनजी) सँग ओडिआई सिरिज खेल्न अन्तरिक तयारी गरिरहेको छ ।

आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा अर्को महिना ओमान, नेपाल र अमेरिकाबीच त्रिकोणात्मक ओडिआई सिरिज हुँदैछ । सेप्टेम्बरमा हुने उक्त त्रिकोणात्मक सिरिज अघि ओमानमा नै नेपालले पिएनजीसँग ओडिआई सिरिज खेल्ने तयारी अगाडि बढाएको छ ।

दुई ओडिआईको लागि नेपाल र पिएनजी दुवै तयार भइसकेका छन् । नेपालले थप एक ओडिआई खेल्न पहल गरिरहेको नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासले बताए । ‘हामीले हाम्रो तर्फबाट प्रस्ताव गरेका छौं । पपुवा न्युगिनीले पनि स्वीकार गरिसकेको छ । ओडिआई स्टाटस मान्यताको लागि आइसिसीलाई प्रस्ताव गरेका छौं । आइसिसीले स्वीकृति दिएपछि हामी सार्वजनिक गर्छौ’, दासले हाम्रो खेलकुदसँग भने ।

नेपालले सुरुमा दुई ओडिआई खेलको लागि प्रस्ताव गरेको थियो । ‘दुई खेल त हुन्छ नै । यदि गराउन सकियो भने तीनवटा भनेका छौं’, दासले थपे । थप खेलबारे खेल मैदान उपलब्ध हुने नहुनेमा भर पर्ने दासले बताए ।

पिएनजी पहिलो पटक टि२० विश्वकप खेल्दै छ । टि२० विश्वकपको लागि पिएनजी केहि अघि नै ओमान आउँदैछ । विश्वकपका सुरुवाती केहि खेलहरु ओमानमा हुने छन् । टि२० विश्वकप आगमी अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म ओमान र यूएईमा चल्नेछ ।

नेपालले ओमान भ्रमणको लागि बुधबारबाट तयारी थालि सकेको छ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत गत मार्चमा हुनुपर्ने सिरिज स्थगित भएपछि सेप्टेम्बरमा हुन लागेको हो । नेपालले १९ खेलाडीलाई बन्द प्रशिक्षणमा राख्दै तयारी सुरु गरि सकेको छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.