default_image

4 years ago

August 5, 2021

आर्चरले टि२० विश्वकप गुमाउने

156 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डका प्रमुख तीव्र गतिका बलर जोफ्रा आर्चरले आगमी अक्टोबर नोभेम्बरमा यूएई र ओमानमा हुने टि२० विश्वकप गुमाउने भएका छन् । पछिल्लो एक वर्षयता चोटसँग लडि रहेका आर्चर २०२१ भर मैदान बाहिर हुने इंग्ल्यान्ड क्रिकेट बोर्डले जनाएको छ ।

आर्चर लामो समय चोटबाट फर्किएका थिए । गत हप्ता एक अभ्यास खेलको दौरानमा उनको दायाँ हातको कुँइनोमा चोट लागेपछि यो वर्षभरी क्रिकेटबाट टाढा हुने भएका हुन् । आर्चरले टि२० विश्वकपसँगै यसै वर्ष अन्तिममा हुने अष्ट्रेलियासँग चर्चित एशेज सिरिज पनि गुमाउने छन् ।

आर्चरले टि२० विश्वकप गुमाउँदा उपाधिको बलियो दाबेदार इंग्ल्यान्डलाई भने ठूलो धक्का लाग्ने छ । इंग्ल्यान्ड टि२० क्रिकेटमा डेथ ओभर बलरको निरन्तर खोजाईमा छ । सन् २०१९ मा इंग्ल्यान्डलाई एकदिवसिय विश्वकप जिताउन आर्चरको भूमिका उत्कृष्ट थियो । न्युजिल्यान्डलाई सुपर ओभरमा बराबरीमा रोक्दै बाउन्ड्री काउन्टको आधारमा विश्वकप जिताउन आर्चर नायक बनेका थिए । विश्वकप प्रतियोगिताभर उत्कृष्ट बलिङका साथ ११ खेलमा २० विकेट लिएका थिए ।

२६ वर्षिय आर्चर इंग्ल्यान्डबाट १३ टेस्ट, १७ ओडिआई र १२ टि२० आई खेलेका छन् । आर्चर तीव्र गतिसँगै बाउन्सर बलका लागि चर्चित बलर हुन् । तल्लोक्रममा ठूला सटको क्षमता पनि सिपालु छन् ।

आगमी अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म हुने टि२० विश्वकपमा इंग्ल्यान्ड सुपर १२ को ग्रुप ए मा छ । ग्रुप ए मा इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज, अष्ट्रेलिया र राउन्ड एकबाट ग्रुप एको विजेता र ग्रुप बी को उप विजेता हुने छन् ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.