default_image

4 years ago

August 6, 2021

अष्ट्रेलियाविरुद्ध बंगलादेशलाई ऐतिहासिक सिरिज

109 views

0 Bookmark

एजेन्सी – युवा तीव्र गतिका बलर नाथन एलिसको विश्व कीर्तिमानी ह्याट्रिकका बाबजुद अष्ट्रेलिया तेस्रो टि२० आई खेलमा बंगलादेशसँग १० रनले पराजित भएको छ । योसँगै पाँच टि२० आई सिरिज बंगलादेशले दुई खेल अगावै ३–० ले जितेको छ । अष्ट्रेलियाविरुद्ध बंगलादेशले इतिहासमा पहिलो पटक सिरिज जित्न सफल भएको हो । कुनैपनि शैलीको सिरिजमा बंगलादेशले अष्ट्रेलियाविरुद्ध पहिलो पटक सिरिज जितेको हो ।

जितको लागि १ सय २८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय १७ रन बनायो । अष्ट्रेलियालाई अन्तिम १२ बलमा जितको लागि २३ रन चाहिँएको थियो । तर १९ औं ओभरमा मुस्ताफिजुर रहमानले एक रन मात्र खर्चेपछि अष्ट्रेलिया जित कठिन बनेको थियो । ड्यानियल क्रिष्टियनले लगातार चार बल डट खाएका थिए ।

अष्ट्रेलिया मिचेल मार्शले ४७ बलमा ६ चौका र १ छक्का सहित सर्वाधिक ५१ रनको योगदान दिएपनि एकल प्रयास जितको लागि सम्भव भएन । ओपनर बेन म्याकडेरमोट ४१ बलमा २ चौका सहित ३५ रनमा आउट भए । एलेक्स केरी १५ बलमा १ चौका र १ छक्का सहित २० रनमा अविजित रहे । क्रिष्टियन १० बलमा १ चौका सहित ७ रनमा अविजित रहे । बंगलादेशका शोरिफुल ईस्लामले २, सकिब अल हसन र माहेदी हसनले एक एक विकेट लिए

त्यसअघि शेरे बंगला राष्ट्रिय स्टेडियम ढाकामा टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो । बंगलादेशका कप्तान महमुदूल्ला रियादले ५३ बलमा ४ चौका सहित सर्वाधिक ५२ रनको योगदान दिए । सकिब अल हसन १७ बलमा ४ चौका सहित २६ रनमा क्याच आउट भए । ओपनर मोहम्मद नईम एक, सौम्य सरकार दुई, अफिफ हुसैन १९, शमिम हुसैन तीन र नुरुल हसन ११ रनमा आउट भए ।


अष्ट्रेलिया नाथन एलिस टि२० आई क्रिकेट इतिहासमा डेब्यू खेलमा ह्याट्रिक गर्ने पहिलो बलर बनेका छन् । एलिसले १९ औं ओभरको चौथो बलमा महमुदूल्लाहलाई बोल्ड आउट गरेका थिए । पाँचौ बलमा मुस्ताफिजुर रहमानलाई मिचेल मार्शबाट क्याच आउट गराए । अन्तिम बलमा माहेदी हसनलाई एश्टन अगरबाट ६ रनमा क्याच आउट गराउँदै ह्याट्रिक पूरा गरेका थिए ।


अष्ट्रेलिया नाथन एलिसले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । जोश हेजलवुड र एडम जाम्पाले २–२ विकेट लिए । बंगलादेश पहिलो खेलमा २३ रन र दोस्रो खेलमा पाँच विकेटले विजयी भएको थियो । चौथो खेल शनिबार हुने छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.