default_image

4 years ago

August 7, 2021

बंगलादेशमाथि अष्ट्रेलिया संघर्षपूर्ण जित

145 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाले चौथो टि२० आई खेलमा घरेलु टोली बंगलादेशमाथि तीन विकेटको संघर्षपूर्ण जित हात पारेको छ । पाँच टि२० आई सिरिज बंगलादेशले दुई खेल अगावै जिति सकेको थियो ।

जितको लागि १ सय ५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलिया ड्यानियल क्रिष्टियनले १५ बलमा ५ छक्का र १ चौका सहित सर्वाधिक ३९ रनको योगदान दिए । क्रिष्टियनले चौथो ओभरमा स्पिनर सकिब अल हसनलाई एकै ओभरमा लगातार पाँच छक्का प्रहार गरेका थिए । एश्टन अगर २७ बलमा २ चौका र १ छक्का सहित २७ रनमा आउट भए । एश्टन टर्नरले २० बलमा ९ रन जोडे । एन्ड्रयू टाई ७ बलमा ४ रनमा अविजित रहे ।

ओपनर बेन म्याकडेरमोट ५, म्याथ्यु वेड २, मिचेल मार्श ११, मोइजेस हेनरिक्स ४ र एलेक्स केरी १ रनरमा आउट भए । बंगलादेशका स्पिनर माहेदी हसनले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । तीव्र गतिका बलर मुश्ताफिजुर रहमानले ४ ओभरमा १ मेडन सहित ९ रन खर्चेर २ विकेट लिए । नासुम अहमद र शोरिफुल इस्लामको नाममा एक एक विकेट रह्यो ।

त्यसअघि शेरे बंगला राष्ट्रिय स्टेडियम ढाकामा टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेश निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४ रनमा समेटिएको थियो । बंगलादेशका ओपनर मोहम्मद नइमले ३६ बलमा २ चौका सहित सर्वाधिक २८ रनको योगदान दिए । सकिब अल हसन १५, अफिफ हुसैन २० र माहेदी हसनले २३ रन जोडे । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अष्ट्रेलिया स्पिनर मिचेल स्विपसनले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । तीव्र गतिका बलर एन्ड्रयू टाईले ३ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । जोश हेजलवुडले २ र एश्टन अगरले एक विकेट लिए । बंगलादेश पहिलो खेलमा २३ रन, दोस्रो खेलमा पाँच विकेट र तेस्रो खेलमा १० रनले विजयी हुँदै अष्ट्रेलियाविरुद्ध इतिहासकै पहिलो सिरिज जित्न सफल भई सकेको छ । अन्तिम खेल सोमबार हुने छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.