default_image

4 years ago

August 7, 2021

एनसिएसएस रुपन्देहीद्वारा प्रशिक्षक थापा सम्मानित

121 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद – नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) जिल्ला समन्वय समिति रुपन्देहीले प्रशिक्षक जङ्गबहादुर थापालाइ सम्मान गरेको छ । शनिबार जिल्ला समन्वय समिति रुपन्देहीको पाँचौं वार्षिक साधारण सभाको अवसरमा एनसिसिएस रुपन्देहीले नगद १० हजार सहित सम्मान गरेको हो ।

विशेष गरि नेपालको लागि थुप्रै उमेर समूहका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता उपाधी जिताउन सफल, भैरहवामा लामो समय देखि दिनरात क्रिकेट प्रतियोगिता तथा मैदानमै खट्दै आफ्नो जीवन समर्पण गर्नुको साथैं थुप्रै खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन ठूलो योगदान गरेको भन्दै एनसिएसएस रुपन्देहीले सम्मान गरेके हो ।

सम्मानपछि प्रशिक्षक थापले आगमी दिनमा काम गर्नको लागि थप हौसल मिलेको बताएका थिए । ‘मलालाई निकै खुसी लागेको छ । समर्थकहरुको नेपाली क्रिकेट प्रतिको माया सद्भावले नेपाली क्रिकेट थप उचाइमा पुग्न सहयोग गर्ने छ । साथै क्रिकेटमा लागेका व्याक्तिलाइ पनि आफ्नो काम गर्न निकै हौसला मिल्ने छ’, सम्मानपछि थापाले भने ।

यस्तै जिल्ला समन्वय समितिले लामो समय जिल्लाको नेतृत्वमा रहदै जिल्लालाई नयाँ उचाइमा पुर्याउनु ठूलो योगदान दिएका एनसिसिएस रुपन्देहीका सस्थापक अध्यक्ष तारा प्रसाद पाठक र साथै जिल्लाको हरेक सफलतामा सधै सक्रिय रहने सल्लाहकार राजु रानालाई पनि सम्मान गरेको छ।

कार्यक्रमका संयोजक मोहन ज्ञवालीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै जिल्लाले वर्षभरी गरेका क्रिकेट गतिविधिहरुको बारेमा जानकारी गराएका थिए । , लुम्बिनी प्रदेश संयोजक सागर पङेनी, अर्घाखाँची संयोजक नारायण पान्डे र प्यूठान संयोजक रिखिराम जि.सी को उपस्थित कार्यक्रमको संचालन सचिव नारायण अधिकारीले गरेका थिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.