default_image

3 years ago

August 8, 2021

भारत बलियो अवस्थामा, बुमराह उत्कृष्ट बलिङ

एजेन्सी – इंग्ल्यान्डसँगको पहिलो टेस्ट खेलमा जितको लागि मध्यम विजयी लक्ष्य पछ्याएको भारत बलियो अवस्थामा छ । चौथो दिनको खेल सकिँदा जितकोे लागि २ सय ९ रनको मध्यम विजयी लक्ष्य पछ्याएको भारत १४ ओभरमा ५२–१ को अवस्थामा छ । भारतलाई जितको लागि अन्तिम दिन १ सय ५७ रन बनाउनु पर्ने हुन्छ । भारतका ओपनर रोहित […]

92 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डसँगको पहिलो टेस्ट खेलमा जितको लागि मध्यम विजयी लक्ष्य पछ्याएको भारत बलियो अवस्थामा छ । चौथो दिनको खेल सकिँदा जितकोे लागि २ सय ९ रनको मध्यम विजयी लक्ष्य पछ्याएको भारत १४ ओभरमा ५२–१ को अवस्थामा छ । भारतलाई जितको लागि अन्तिम दिन १ सय ५७ रन बनाउनु पर्ने हुन्छ ।

भारतका ओपनर रोहित शर्मा र चेतेश्वर पुजारा समान १२ – १२ रनमा अविजित छन् । लोकेश राहुल ३८ बलमा ६ चौका सहित २६ रनमा क्याच आउट भए । राहुललाई स्टुअर्ट ब्रोडले जस बटलरबाट क्याच गराएका थिए ।

त्यसअघि इंग्ल्यान्ड दोस्रो इनिङमा चौथो दिन अन्तिम सेसनमा ८५.५ ओभरमा ३ सय ३ रनमा अल आउट भएको थियो । पहिलो इनिमा ९५ रनले पछि परेको इंग्ल्यान्डले समग्रमा २ सय ८ रनको अग्रता लिएको थियो । इंग्यान्डका कप्तान जो रुटले १ सय ७२ बलमा १४ चौका सहित सर्वाधिक १ सय ९ रनको योगदान दिए । रुटले ७५ औं ओभरको चौथो बलमा शार्दूल ठाकुरलाई चौका प्रहार गर्दै आफ्नो टेस्ट करीअरको २१ औं शतक पूरा गरेका थिए ।

ओपनर रोरी बन्र्स र डोम सिब्लेले पहिलो विकेटका लागि १५.१ ओभरमा ३७ रनको साझेदारी गरेका थिए । तीव्र गतिका बलर मोहम्मद सिराजले बन्र्सलाई १८ रनमा विकेटकिपर ऋषभ पन्तबाट क्याच आउट गराउँदै साझेदारी तोडेका थिए । जस्प्रित बुमराहले १७ औं ओभरको अन्तिम बलमा ज्याक क्रलीलाई ६ रनमा पन्तबाट क्याच आउट गराए । तेस्रो विकेटका लागि सिब्ले र रुटले १ सय ७४ बलमा ८९ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । सिब्लेलाई बुमराहले पन्तबाटनै २८ रनमा क्याच गराए । सिब्लेले १ सय ३३ बलमा २ चौका प्रहार गरे ।

जोनी बेयरस्टो ५० बलमा ४ चौका सहित मोहम्मद शिराजको बलमा रविन्द्र जडेजाबाट ३० रनमा क्याच आउट भए । शार्दूल ठाकुरले ड्यान लरेन्सलाई २५ रनमा एलबिडब्लू आउट गरे । विकेटकिपर जस बटलरलाई ठाकुरले १७ रनमा बोल्ड गरे । साम करनले ४५ बलमा ४ चौका सहित ३२ रन जोडे । ओली रोबिन्सन १५ रनमा आउट भए । भारतका तीव्र गतिका बलर जस्प्रित बुमराहले सर्वाधिक पाँच विकेट लिए । शार्दूल ठाकुर र मोहम्मद शिराजले दुई दुई विकेट लिए । मोहम्मद शामीको नाममा एक विकेट रह्यो ।

त्यसअघि भारत पहिलो इनिङमा ८४.५ ओभरमा २ सय ७८ रनमा अल आउट हुँदै ९५ रनको अग्रता लिएको थियो । ओपनर लोकेश राहुलले २ सय १४ बलमा १२ चौका सहित सर्वाधिक ८४ रनको योगदान दिए । रविन्द्र जडेजाले तल्लोक्रममा ८६ बलमा ८ चौका र १ छक्का सहित ५६ रनको इनिङ खेले ।भारतलाई ओपनर रोहित शर्मा र केएलले पहिलो विकेटका लागि ३७.३ ओभरमा ९७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तर त्यसपछि भारतले थप १५ रन जोड्न प्रमुख चार विकेट गुमाएको थियो ।

तीव्र गतिका बलर ओली रोबिन्सनको सर्ट बलमा रोहित स्क्वायर लेगमा साम करनबाट ३६ रनमा क्याच आउट हुन पुगेका थिए । रोहितले १ सय ७ बलमा ६ चौका प्रहार गरे । इंग्ल्यान्डका सर्वाधिक सफल तीव्र गतिका बलर जेम्स एन्डरसनको ४१ औं ओभरको तेस्रो बलमा कप्तान विराट कोहली एज लागेर विकेटकिपर जस बटलरबाट क्याच आउट हुँदै गोल्डेन डकमै पेभिलिएन फर्किएका थिए । कोहली पहिलो बलमै आउट भएपछि भारत थप दबाबमा परेको थियो ।

कोहली अघिको बलमा चेतेश्वर पुजरा ४ रनमा बटलरबाटनै क्याच आउट हुन पुगेका थिए । अजिक्या रहाणे ५ रनमा आउट भए । तल्लोक्रममा ऋषभ पन्त २५, मोहम्मद शामी १३ र जस्प्रित बुमराह २८ रनमा आउट भए । इंग्ल्यान्डका तीाव्र गातिका बलर ओली रोबिन्सनले सर्वाधिक पाँच विकेट लिए । जेम्स एन्डरसनको नाममा चार विकेट रह्यो ।

त्यसअघि ट्रेन्ट ब्रिज नोटिङ्घममा टस जितेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्ड पहिलो दिन अन्तिम सेसनमा ६५.४ ओभरमा १ सय ८३ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका कप्तान जो रुटले १ सय ८ बलमा ११ चौका सहित सर्वाधिक ६४ रनको अर्धशतकीय इनिङ खेले । रुटलाई शार्दूल ठाकुरले एलबिडब्लू आउट गरेका थिए । रुट इंग्ल्यान्डबाट अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।

तीव्र गतिका बलर जस्प्रित बुमराहले पहिलो ओभरको पाँचौं बलमा ओपनर रोरी बन्र्सलाई शून्यमा एलबिडब्लू आउट गरेका थिए । २१ औं ओभरको अन्तिम बलमा ज्याक क्रली मोहम्मद सिराजको बलमा विकेटकिपर ऋषभ पन्तबाट २७ रनमा क्याच आउट हुन पुगे । क्रलीले ६८ बलमा ४ चौका प्रहार गरे । ओपनर डोम सिब्ले ७० बलमा २ चौका सहित १८ रनमा क्याच आउट भए ।

चौथो विकेटका लागि रुट र जोनी बेयरस्टोले १ सय ४० बलमा ७२ रनको सर्वाधिक साझेदारी गर्दै खेलमा इंग्ल्यान्डलाई फर्काउन खोजेका थिए । ५१ औं ओभरको दोस्रो बलमा मोहम्मद शामीले जोनी बेयरस्टोलाई २९ रनमा एलबिडब्लू आउट गरेपछि भारतले खेलमा पुन पकड जमाएको थियो । बेयरस्टो ७१ बलमा ४ चौका प्रहार गरे ।

ड्यानियल लरेन्स र जस बटलर शून्यमा आउट भए । तल्लोक्रमका ओली रोबिन्सन शून्य र स्टुअर्ट ब्रोड ४ रनमा आउट भए । साम करन ३७ बलमा ४ चौका र १ छक्का सहित २७ रनमा अविजित रहे । तीव्र गतिका बलर जस्प्रित बुमराहले २०.४ ओभरमा ४६ रन खर्चेर ४ विकेट लिए । मोहम्मद शामीले ३ र शार्दूल ठाकुरले २ विकेट लिए । मोहम्मद शिराजले एक विकेट लिए ।

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.