default_image

4 years ago

August 11, 2021

कप्तानहरुको नजरमा पारस

157 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट इतिहासकै सर्वाधिक सफल पूर्व कप्तान तथा खेलाडी पारस खड्काले गत साता अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरे । पारसको अप्रत्यासित सन्न्यासले नेपाली क्रिकेट जगतनै आश्चर्यमा पर्यो ।

captains

सन् २००२ मा यू१५ देखि नेपाली क्रिकेट यात्रा अघि बढाएका पारसले २००४ मा मलेसियाविरुद्ध सिनियर टोलीका लागि डेब्यू गरेका थिए । पारसले नेपालका लागि तीन यू१९ विश्वकप खेलेका थिए । पारस नेपालका आठौं कप्तान हुन् । उत्तम कर्माचार्य, लेखबहादुर क्षेत्री (एलबि) पवनकुमार अग्रवाल, स्वर्गिय गणेश शाही, राजु खड्का, परेश लोहनी, विनोद दास हुँदै २००९ मा पारस नेपालका आठौं कप्तान बनेका थिए । २००९ देखि पारसले २०१९ सम्म नेपाली क्रिकेट टोलीको नेतृत्व गरे ।

पारसको नेतृत्वमा २०१० मा डिभिजन फाइभ देखि टि२० विश्वकप हुँदै ओडिआई मान्यता दिलाए । २०१४ मा बंगलादेशमा सम्पन्न टि२० विश्वकप पारसको कप्तानीमा नेपालले हात पारेको सर्वाधिक ठूलो उपलब्धी हो । २०१८ मा ओडिआई मान्यता टि२० विश्वकप पछिकै सर्वाधिक ठूलो सफलतामा पर्दछ । नेपालले डिभिजन फाइभ, फोर, थ्री दुई पटक उपाधि जितेको थियो ।

पारस नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक धेरै रन बनाउने खेलाडी हुन् । पारसले अन्तर्राष्ट्रिय क्रिकेटमा पाँच शतक प्रहार गरेका छन् । ओडिआई र टि२० आईमा शतक प्रहार गर्ने पहिलो नेपाली ब्याट्सम्यान हुन् । नेपालबाट लिष्ट ए, ओडिआई र टि२० आईमा शतक प्रहार गर्ने एक्लो खेलाडी पर्दछन् । पारसले नेपालबाट १० ओडिआई, ३३ टि२० आई, दुई प्रथम श्रेणी, ४६ लिस्ट ए र ५६ टि२० क्रिकेट खेलेका छन् ।
पारसले झण्डै दुई दशक क्रिकेट खेले । कस्तो रह्यो त पारसको खेल जीवन र नेतृत्व ? नेपाली क्रिकेटका ६ जना पूर्व कप्तान र वर्तमान कप्तान ज्ञानेन्द्र मल्लको जवाफ ।

उत्तम कर्माचार्य, पहिलो कप्तान (१९९६)

‘पारसको खेल जीवनमा नेपालको क्रिकेट काल धेरै राम्रो रह्यो । उनको कप्तानी कार्यकालमा नेपालले राम्रो उपलब्धि हासिल गर्यो । ओडिआई स्टाटस पायो । टि२० विश्वकप खेल्यो । राम्रो नेतृत्वलेनै अगाडि बढ्ने हो । पारसले नेपालको क्रिकेट विकास गर्दै राम्रोसँग चिनाउनु भयो । त्यसले गर्दा समग्ररुपमा भन्दा नेपाली क्रिकेट विकासमा वहाँको खेल जीवन र नेतृत्व राम्रो रह्यो ।’


लेखबहादुर क्षेत्री (एलबि), दोस्रो कप्तान (१९९८)

‘पारस सफल खेलाडी हुन् । उनी नेपाली क्रिकेटकै सर्वाधिक सफल कप्तान रहे । तथ्याङ्कले पनि आफैं बताउँछ र बुझाउँछ । डिभिजन फाइभ देखि वान, टि२० विश्वकप देखि ओडिआई मान्यता सम्म उपलब्धी वहाँकै कप्तानीमा हात पारेको हो । पारस कप्तान र खेलाडी दुबैमा सफल हुन् ।’

पवन कुमार अग्रवाल, तेस्रो कप्तान (२०००)

‘पारसको खेल जीवन उदाहरणीयनै छ । नेपाली क्रिकेटमा पारसले जुन उपलब्धि कुनै खेलाडी र कप्तानले हात पारेको पहिलो पटक हो । अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्म उकालै उकालो लागेको क्रिकेट करीअर धेरै कम खेलाडी देखेको छु, त्यसमध्य पारस पनि छन् । पारसको नेतृत्व क्षमता पनि प्रखर र उदाहरणीय छ । धेरै कम मान्छेले यो उपलब्धि हात पार्छन् ।’

राजु खड्का, पाँचौ कप्तान (२००२ देखि २००४)

‘पारसको कप्तानीमा नेपालले धेरै फड्को मार्यो । ओडिआई स्टाटस र टि२० विश्वकप खेल्यो । राम्रो रुपमा अगाडि बढिरहेको बेला कप्तानीबाट पनि अप्रत्याशित सन्न्यास लियो । पारसको व्यक्तिगत सोच र निर्णयलाई सबैले सम्मान पनि गर्नुपर्छ । म कप्तान हुँदा पारस एउटा सामान्य खेलाडीको रुपमा हुन्थ्यो । पछि धेरै राम्रो हुँदै गयो । कप्तानमा हुनुपर्ने सबै गुण पारसमा थियो ।’

परेश लोहनी, छैटौं कप्तान (२००४)

‘पारस नम्बर वान खेलाडीमा आउँछ । मेरो नेतृत्वमा पनि उ खेलेको छ । उसको नेतृत्वमा पनि म खेलेको छु । धेरै राम्रो खेलाडी र कप्तान हो । के कारणले कप्तानी र खेलाडीबाट छोड्यो त्यो मलाई थाहा छैन । उसँगै खेलेको हुँदा मलाई गर्व लाग्छ ।’

विनोद दास, सातौं कप्तान, (२००४ देखि २००८)

‘नेपालले अहिले सम्म उत्पादन गरेको सबैभन्दा राम्रो कप्तान र खेलाडी पारस नै हुन् । पारस मेरो सबैभन्दा मनपर्ने खेलाडी र कप्तान पनि हुन् । पारसको नेतृत्व र प्रदर्शनमा अहिले सम्म कसैले पनि औंला उठाउने ठाउँ छैन ।’

ज्ञानेन्द्र मल्ल, नवौं तथा वर्तमान (२०१९ देखि हालसम्म)

‘सबैले देखेर बुझेकै कुरा हो । डिभिजन फाइभ देखि ओडिआई मान्यता सम्म पारसको नेतृत्वमा आएको छ । क्रिकेटमा त्यो समय खेलाडीलाई खासै केहि नहुँदा पनि सबैलाई नेतृत्व अगाडि लगेर गएको हो । खेलमामात्र नभएर समग्रमै सर्र्वाधिक सफल कप्तान र खेलाडीको रह्यो भन्नुपर्छ ।’

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.