4 years ago
August 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको स्ट्रेन्थ र कन्डिसन प्रशिक्षकका भारतीय राकेश कुमार काशीभाइ गोहिल (राकेश गोहिल) लाई नियुक्त गरेको छ । उनी राष्ट्रिय टोलीको सपोर्ट स्टाफसँग जोडिएर काम गर्ने छन् । राकेश ३८ जना प्रतिस्पर्धीबाट छानिएको क्यानले जनाएको छ ।

उनले अष्ट्रेलिया स्ट्रेन्थ तथा कन्डिसनिंग एसोसिएसनबाट लेभल टु पास गरेका छन् । उनीसँग भारतीय नेशनल क्रिकेट एकेडेमी र विभिन्न भारतीय रणजी ट्रफी खेल्ने टोलीसँग जोडिएर काम गरि सकेको अनुभव छ ।
उनको भूमिका खेलाडीको फिटनेश सुधारमा हुने छ । नेपाली टोलीले आगमी महिना हुने ओमान भ्रमणको लागि यसै साताबाट बन्द प्रशिक्षण सुरु गरि सकेको छ । आइसिसी विश्वकप लिग २ अन्तर्गत ओमान, नेपाल र अमेरिकाबीच त्रिकोणात्मक ओडिआई सिरिज हुँदै छ । ओमानमानै नेपालले पपुवा न्युगिनीसँग दुई वा तीन ओडिआई खेलको सिरिज खेल्ने तयारी पनि गरेको छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]